भारतमा ‘कक्रोच’ आन्दोलनले मोदी सरकारमाथि बढायो दबाब, युवाको असन्तुष्टि राष्ट्रिय बहसमा

Image
Nisarga Hospital

भारतमा सामाजिक सञ्जालबाट सुरु भएको ‘कक्रोच’ (साङ्ला) आन्दोलन अहिले युवाको असन्तुष्टि र सरकारी जवाफदेहिताको प्रमुख अभियान बनेको छ। चिकित्सा तथा सरकारी सेवाका प्रवेश परीक्षामा बारम्बार प्रश्नपत्र चुहावट, परीक्षा रद्द तथा बेरोजगारीप्रति आक्रोशित युवाले आन्दोलन चर्काएका हुन्।

CP Hospital Dhangadhi

सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले केही बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गरेपछि बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजित दिपकेले ‘कक्रोच पिपुल्स पार्टी (सीजेपी)’ गठन गरेका थिए। त्यसपछि सामाजिक सञ्जालबाट सुरु भएको अभियान सडकसम्म फैलिएको हो।

आन्दोलनकारीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा सुधार, प्रश्नपत्र चुहावटबाट प्रभावित विद्यार्थीलाई क्षतिपूर्ति तथा शिक्षा क्षेत्रमा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। पछिल्ला दिनमा आन्दोलन शिक्षा क्षेत्रबाट विस्तार हुँदै सरकारी जवाफदेहिता, रोजगारी, राजनीतिक नेतृत्व र न्याय प्रणालीप्रतिको असन्तुष्टिसँग पनि जोडिएको छ।

nawajiwan
Attariya Hospital

संसद् मार्चका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि आन्दोलन थप चर्चामा आएको छ। विपक्षी नेता राहुल गान्धीले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै धर्ना दिएपछि यो मुद्दा राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको छ। विश्लेषकहरूका अनुसार युवाको बढ्दो असन्तुष्टिले आगामी भारतीय राजनीतिमा समेत प्रभाव पार्न सक्ने संकेत देखिएको छ।

रासस बाट केही शब्द  साभार