लगातार दोस्रो हारले दबाबमा नेपाल, नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

Image
Nisarga Hospital

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक हात पारेको हो।

CP Hospital Dhangadhi

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमै समेटियो। आरिफ शेखले ९० बलमा सर्वाधिक ४१ रन बनाए भने गुल्शन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४ तथा करण केसीले अविजित १३ रन जोडे। नेदरल्यान्ड्सका रोलफ भान डर मर्वे र एलेक्स रोयले समान ३–३ विकेट लिए भने लोगान भान बिकले २ विकेट झारे।

Attariya Hospital

१५८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर सहज जित निकाल्यो। कप्तान स्कट एडवार्ड्स ६१ रनमा अविजित रहँदा नोआ क्रोस ३४ रनमा नटआउट रहे। नेपालका सोमपाल कामी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए भने एक विकेट रनआउटमार्फत प्राप्त भयो।

nawajiwan

यो जितसँगै नेदरल्यान्ड्स २९ खेलबाट ३४ अंकसहित बलियो अवस्थामा पुगेको छ। नेपाल भने ३० खेलबाट २४ अंकमै सीमित रहँदै दबाबमा परेको छ। नेपालले अब सोमबार नामिबियासँग तेस्रो खेल खेल्नेछ। पहिलो खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको थियो।