भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले तोडे कुशल मल्लको विश्व कीर्तिमान

Image
Nisarga Hospital

नेपालका कुशल मल्लको नाममा रहेको अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले तोडेका छन्। जिम्बावेविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा १५ वर्ष ११८ दिनको उमेरमा अर्धशतक पूरा गर्दै उनले नयाँ इतिहास रचेका हुन्।

CP Hospital Dhangadhi

यसअघि कुशल मल्लले सन् २०२० मा अमेरिकाविरुद्धको एकदिवसीय खेलमा १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक प्रहार गर्दै यो कीर्तिमान आफ्नो नाममा राखेका थिए। सूर्यवंशीले उक्त ६ वर्ष पुरानो रेकर्ड करिब सात महिनाअघि नै तोड्न सफल भएका हुन्।

हरारेमा भएको खेलमा १२६ रनको लक्ष्य पछ्याएको भारतका लागि सूर्यवंशीले आक्रामक ब्याटिङ प्रदर्शन गरे। उनले केवल १८ बलमै आफ्नो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक पूरा गर्दै विपक्षी बलरमाथि दबाब बनाए। १९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५० रन बनाएका उनको स्ट्राइक रेट २६३.१५ रह्यो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सूर्यवंशीको विस्फोटक इनिङ्सकै बलमा भारतले १२६ रनको लक्ष्य १४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै जिम्बावेलाई ७ विकेटले पराजित गर्‍यो। यससँगै भारतले टी–२० शृङ्खलामा विजयी सुरुआत गरेको छ।

Dhnagadhi & Krishanapur