लगातार चौथो हारपछि नेपालको शीर्ष चार सम्भावना संकटमा

Image
Nisarga Hospital

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी एकदिवसीय शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोरेको छ। बुधबार सम्पन्न खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग नेपाल ५७ रनले पराजित भयो।

CP Hospital Dhangadhi

नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमै १६८ रनमा समेटियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ र करण केसीले २३ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपाल लक्ष्यमा पुग्न असफल रह्यो।

Attariya Hospital

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो। उसका लागि नोआ क्रोसले ७० र कप्तान स्कट एडवार्ड्सले ५७ रनको महत्वपूर्ण इनिङ्स खेले। नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।

nawajiwan

यस हारसँगै ३२ खेलबाट २४ अंक जोडेको नेपालको लिग–२ को शीर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। अब बाँकी सबै खेल जिते पनि नेपालले अन्य टोलीको नतिजामा भर पर्नुपर्ने अवस्था बनेको छ।