सुनसरी घटनापछि गृहमन्त्री गुरुङ आज पीडित परिवार भेट्न जाने

Image
Nisarga Hospital

गृहमन्त्री सुधन गुरुङ आज सुनसरी पुगेर हालैको झडपमा ज्यान गुमाएका दुई जनाका परिवारसँग भेट गर्ने भएका छन्। साउन १० गते देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज निधन भएका जयप्रकाश मेहताका परिवारसँग उनले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

CP Hospital Dhangadhi

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङसँगै स्वास्थ्य मन्त्री निशा मेहता पनि सुनसरी जानेछिन्। सुनसरी स्वास्थ्य मन्त्री मेहताको गृहजिल्ला हो।

Attariya Hospital

यसअघि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच तराईका पछिल्ला घटनाक्रमबारे छलफल भएको थियो। सोही छलफलपछि गृहमन्त्री घटनास्थल रहेको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जतर्फ प्रस्थान गर्न लागेका हुन्। सरकारले घटनाप्रति चासो देखाउँदै पीडित परिवारसँग भेटघाट तथा अवस्थाबारे जानकारी लिने जनाएको छ।

nawajiwan