CCS+2 बन्यो बाल्मीकी टिचर्स फुटसल प्रतियोगीताको उपविजेता

Image
Nisarga Hospital

धनगढी बाल्मीकी टिचर्स फुटसल प्रतियोगीतामा धनगढीको सिसिएस प्लसटु स्कुल उपविजेता बनेको छ ।
सोमबार सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनलमा कञ्चनपुरको फारवेष्ट स्कुलसँग २- १ ले पराजित भएपछि सिसिएस उपविजेतामै सिमित भएको हो । फारवेस्टले भने उपाधिमाथि कब्जा जमाउँदै नगद ३० हजार,आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

CP Hospital Dhangadhi

त्यस्तै उपविजेता धनगढीको सिसिएस प्लसटुले नगद २० हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पहिलो हाफ १-१ को बराबरीमा टुंगिएपनि दोश्रो हाफको सुरुवातमै फारवेष्टबाट गोल भएपछि सिसिएस दबाबमा देखिएको थियो । खेलको अन्तिमतिर पनि सिसिएसले गोल गर्ने निकै प्रयास गर्दापनि गोल हुन नसकेपछि सिसिएसले उपविजेतामा चित्त बुझाउनुपर्यो ।

Attariya Hospital

समापन समारोहका प्रमुख अतिथि नेपाल बैंकर्स संघ सुदूरपश्चिमका संयोजक बिरु राम जैसी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समापन समारोहका सभापति दिनेश राज भण्डारी,बोर्ड सदस्य अजय पाण्डेय र प्राचार्य द्रोणशिष न्यौपानेले विजेता उपविजेता टोलीलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरे ।
बाल्मीकी इण्टर स्कुलको आयोजनामा यहि श्रावण २३ गतेबाट सुरु भएको प्रतियोगीतामा कैलाली र कञ्चनपुरका गरी १६ टोली सहभागी थिए । समापन समारोहको सञ्चालन सोहि विद्यालयका शिक्षक करन बाँनियाले गरेका थिए ।

nawajiwan