दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हराउँदै नेपाल, २७ रनको जित

Image
Nisarga Hospital

एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

CP Hospital Dhangadhi

पहिले ब्याटिङ गरेको नेपाल ४१.४ ओभरमा १७० रनमा अलआउट भएको थियो। सुरुवातमै ३८ रनमा पाँच विकेट गुमाएर संकटमा परेको नेपाललाई रोहित पौडेलले ६१ रनको उत्कृष्ट इनिङ्स खेल्दै सम्हाले। उनले गुल्शन झासँग ५९ र सन्दीप लामिछानेसँग ४७ रनको महत्वपूर्ण साझेदारी गरे। गुल्शनले ४५ रन बनाए।

Attariya Hospital

१७१ रनको लक्ष्य पछ्याएको मलेसियाले एक समय ९४ रनमा एक विकेट गुमाएको थियो। तर नेपाली बलरले उत्कृष्ट पुनरागमन गर्दै मलेसियालाई ४०.१ ओभरमा १४३ रनमै समेटे।

nawajiwan

नेपालका ललित राजवंशीले तीन विकेट लिए। सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले दुई–दुई तथा हेमन्त धामीले एक विकेट लिए। मलेसियाका अकिल वाहिदले ५६ र नाजमुस साकिबले ५१ रन बनाए। यसअघि पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई नौ विकेटले हराएको थियो।