गोदावरी नगरपालिका-४ को बेलपानी- फूलबस्तीमा विद्युत लाइन विस्तार

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका-४ को बेलपानी- फुलबस्तिमा ११ केभी विद्युत लाइन विस्तार गरिएको छ ।

CP Hospital Dhangadhi

कैलालीको गोदावरी नगरपालिका –४ को विकट पहाडी बस्तीमा विद्युत विस्तार भएपछि स्थानीय हर्षित भएका छन ।

विद्युत पहुँचबाट टाढा रहेको वडाको पहाडी क्षेत्र विद्युत विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका हुन । फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीका स्थानीयले घरमा विद्युत जडान भएपछि निकै खुशी भएको बताए ।

nawajiwan

धनगढी वितरण केन्द्रका प्रमुख मिथलेश कुमार गुहिबर र मंगलबार गाउँबस्तीमा नै विकट बस्तीमा पुगेका गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले विद्युत स्विच अन गरेर सो क्षेत्रको विद्युतको शुभारम्भ गरेका छन् ।

गोदावरी नगरपालिकाका मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा विद्युत विस्तार गर्न सफल भएको बताए । ‘यो ठाउँ अध्यारोबाट उज्यालोमा आएको छ । हामी जनप्रतिनिधि भएर आएको डेढ वर्ष मात्रै भएको छ । छोटो समयमै विद्युत ल्याउन सफल भएका छौ’ उनले भने ‘हामीले जनताको पक्षमा काम गरेर सफल भएका छौ । विकासका कुरा विस्तारै हुने गर्दछ । हामीले संघ, प्रदेश सरकार संग समन्वय गरेर काम गरिरहेका छौ ।

Attariya Hospital

’ उनले फुलबस्ति, पटयानी, तल्लो गैरी, मल्लो गैरीका २ सय परिवारको घरमा विद्युत पुगेकाले अब छिटै बेलपानीका परिवार बसोबास गर्ने फूलबस्तीमा विद्युत विस्तार गरिने बताए । उनले नगरका सबै ठाउँमा विद्युत विस्तार गर्नको लागि अझै १५-२० विद्युत पोल आवश्यक पर्ने बताए ।


कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को फुलबस्ति, पतकानीमा बाटोघाटो, बिजुली, खानेपानी, सुरक्षित स्वस्थ्य, सञ्चार सेवा बाट टाढा लगायतका समस्या देखिएका छन् ।

गोदावरी नगरपालिका सुगम पालिका भएर पनि यस क्षेत्रका जनताले सहज रुपमा विद्युत सेवा उपभोग गर्न पाएका थिएनन् । ११ केभी विद्युत लाइन बिस्तार भएपछि सहज हुने वडा अध्यक्ष हेम प्रकाश मल्लले बताएका छन् ।

वडा अध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा अध्यक्ष, गोदावरी नगरपालिकाका प्रबक्ता गोपाल दत्त भट्ट, कांग्रेस वडा सभापति,दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस स्ववियू सभवति भुवन भट्ट, महिला नेतृ, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्थानिय सुरत बोगटीले गरेका थिए ।