अपवित्र गठबन्धन र देशलाई कङ्गाल बनाउने लाेकतन्त्र :

Image
Nisarga Hospital
पेशा राजनीति नभएपनि एक सचेत नागरिककाे हैसियतले  कुरा राजनीतिक प्रसङ्गकाे जाेड्न चाहे । मलाई कुनै पनि पार्टीकाे अन्धभक्त समर्थक नबुझि दिन हुन अनुराेध गर्दै मानिस सामाजिक प्राणी भएकाे नाताले र कसै कसै भन्दा अलि कति अक्षरहरुकाे ज्ञान हासिल गरेकाे नाताले तर्क सहित राम्राे लाई राम्राे र नराम्राे लाई नराम्राे भन्न सक्ने हिम्मत राख्न सक्नु पर्दछ भन्ने मनसायले नेपालकाे राजनीतिलाई मेराे नजरबाट विश्लेषण गर्ने जमर्काे गरेकाे छु ।
CP Hospital Dhangadhi
              नेपालमा जहानियाँ राणा शासनकाे अन्त्य देखि हालकाे लाेक तान्त्रिक गणतन्त्रकाे स्थापनासम्म नेपालका विभिन्न राजनीतिक दलहरुकाे अहम भूमिका रहेकाे कुरालाई नकार्न सकिदैन । नेपालमा प्रजातन्त्रकाे जग बसाल्ने महान कार्यमा ज्यानकाे बाजी लगाएर अहाेरात्र खटिनु भएका महानायक बिशेश्वर प्रशाद काेईराला, सुवर्ण समशेर जबरा, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरीजा प्रसाद काेईराला, मनमाेहन अधिकारी, पुष्पलाल श्रेष्ठ लगायतका महान नेपाल आमाका सपूतहरुलाई हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु।
nawajiwan
          वि.सं. २००७ साल देखि हाल सम्म आउदा विभिन्न राजनैतिक परिवर्तनहरु भए हाेलान, जनताले नैसर्गिक अधिकारहरु प्राप्त गरेर आफ्ना हक अधिकारकाे संरक्षण गरे हाेलान । विदेशी ऋणभार नेपालीहरुकाे थाप्लाेमा थुपारेर भए पनि बिकासका केही कामहरु ( सडक, बाटाेघाटाे, पुलपुलेसा, सञ्चार, स्वास्थ्य, अनुत्पादक शिक्षा, निर्माण आदि) नभएका भने हाेइनन् । विडम्बना के  भने अहिलेका विभिन्न राजनैतिक दलका नेताहरु विकास केन्द्रित भन्दा पनि सत्ता र भत्तामुखी भए । देशमा व्याप्त गरिबी, बेराेजगारी, भ्रष्टाचार माैलायाे । कसैकाे व्यक्तिगत र पारिवारीक प्रगतिमा ईर्ष्या गर्नु त तपाई हामी जस्ता मानिसलाई त्यति शाेभनीय हुदैन, तर यी नेताहले आफ्नाे स्वार्थकाे राजनीति बाहेक देश र जनताकाे लागि के नै पाे गरेकाे छ र ? नेपाली जनता पुर्पुराेमा हात लगाएर हेर्न सिवाय के नै बाँकि छ र ? स्मरण रहाेस कि नेपालकाे जनसंख्या भारतकाे राजधानी दिल्ली वा चीनकाे संघाई शहरकाे भन्दा १०% जति बढि हुन सक्छ।
            प्रत्येक राजनीतिक दलका शीर्षस्थ नेता भनाउँदा हरुका संघीय राजधानीमा महल छन्, गाडी कारहरु छन, देशका विभिन्न भू-भागमा घर घडेरीहरु छन्। यत्तिकाे अकूत सम्पत्ति कहाँ बाट आयाे त ? के तिनीहरुकाे नाेकरी, व्यापार व्यावसाय छ र ? जनताकाे करबाट उठेकाे रकमले आफ्नाे लागि सम्पत्ति जाेडेका छन् । सबै सबै नेताहरुले भ्रष्टाचार गरेका छन् । यदि कसै नेताले मैले भ्रष्टाचार गरेकाे छैन भनेर चिप्ला कुरा गर्छन्, जनताकाे लागि काम गर्छु भन्छ भने ईश्वरलाई साक्षी राखेर पशुपति नाथकाे कसम खाएर भन्न सक्नु पर्दछ । कसम खानपनि तयार छन हाम्रा नेताहरू ।
                राज्यले जनतालाई शान्ति सुरक्षाकाे प्रत्याभूति दिन सकेकाे छैन । निर्मला हत्या प्रकरण लगभग सेलाएकाे अवस्था छ । ३३ किलाे सुन गायब भएकाे अवस्था छ । डेढ क्वीन्टल सुन गायब भयाे, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण सेलायाे । राजनीतिक शक्तिकाे आडमा अपराधीहररूलाई सिधै जेलबाट निकालिन्छ । यि त एक दुईवटा प्रतिनिधिमूलक नमूना मात्र मैले पेश गरे । तपाई हामीले तिरेकाे करकाे दुरुपयाेग गरिएकाे छ । खुर्सानी काण्ड, जग्गा प्रकरण यावत कुराहरु हाम्राे मन मष्तिष्कमा ताजै छन । नेताहरुले कालाे धन (Black money) विदेशकाे बैंकमा जम्मा गरेकाे कुरा बारम्बार पत्रपत्रिकामा प्रकाशित भैराखेका हुन्छन् । यतिकाे सम्पत्तिकाे स्राेत खुल्नु पर्ने हाेईन र ? मैले केवल कुनै एक दुई वटा पार्टी र तिनका एकदुई जना नेताहरुलाई  मात्र भन्न खाेजेकाे हाेईन । सबै पार्टी र नेताहरु उस्तै हुन । “जुन जाेगी आए पनि कानै चिरेका” !
           हालकाे वर्तमान राजनीति अचम्मकाे लागेकाे छ मलाई  ! नेपाली काँग्रेसले बिपीकाे समाजबाद बिर्सदै गएकाे छ । मैले त समाजबाद शब्द पढेकाे मात्र हाे, समाजबाद के हाे ?   मलाई थाहा छैन भन्याे भने यहाँहरुले यत्ति कुरा पनि नजान्ने अनि समाजबादकाे कुरा गर्ने भनेर खिल्ली उडाउनु हुनेछ भन्ने संकाेचले याे कुरालई यहि बिट मारे ।
   हुन त म राजनीति शास्त्रकाे बिद्यार्थी पनि हाेईन, न राजनीतिज्ञ नै । मैले देखेकाे र बुझेकाे आधारमा कहीँ नभएकाे जात्रा हाँडी गाउँमा भने झै  बि.सं. २०७८/२०७९ मा जुन अपबित्र गठबन्धन गरियाे, त्यति बेला देखि नै संविधान, लाेकतन्त्र, जनताकाे सार्वभाैमसत्ता लगायतका सबै कुराहरु खतरामा पर्दै गए । मेराे बुझाईमा चुम्बकका दुई समान ध्रुवहरुलाई सकि नसकि एक आपसमा जाेड्ने प्रयास गरे जस्तै नेपाली काँग्रेस, माओवादी, नेकपा एस लगायतका  बिभिन्न पार्टीहरुलाई शीर्षस्थ नेता महाशयहरुले एक आपसमा जाेडने प्रयास गरे । त्यसैकाे परिणति अहिलेका नेताहरु भाेगी रहेका छन भन्ने कुरालाई नकार्न सकिँदैन । हुन त नेपालमा प्रजातन्त्र आएदेखि कम्युनिष्ट बिचारधाराका मान्छेहरु संख्यात्मक रुपमा बढि नै थिए । केबल विभिन्न गुट उपगुटमा बिभाजित भएर मात्र नेपाली काँग्रेस ठुलाे पार्टी देखिएकाे हाे ।
Attariya Hospital
               जहाँ पार्टीकाे बिचार, सिद्धान्त, विधान, घाेषणा पत्र नै मिल्दैन त्यस्ताे पार्टीमा गठबन्धन हुनै सक्दैन । नेताहरुले महान भूल गरेका हुन र जनताकाे आँखामा छाराे हाल्ने काम गरे । तर देशमा कम्युनिष्टहरु एक हुन सक्दैनन् भन्ने कुरा त बिगतकाे दुई तिहाई सरकार ढल्नुले नै प्रमाणित भईसकेकाे छ । यी कम्युनिष्ट बिचारधारा बाेक्ने पार्टीहरुले लाेकतान्त्रिक पार्टी नेपाली काँगेसलाई पनि आफ्नाे दुनाे साेझ्याउन पद पाेष्टकाेलागि हातेमालाे गरे जस्ताे गर्न सक्छन । तर साथ सहयाेग कहिल्यै पनि हुने छैन ।
          देशमा लाेकतन्त्र आएपछि विकासकाे गतिले तिब्रता पाएकाे छ या मन्द , याे पाठकज्यूहरूले मूल्याङ्कन गर्ने कुरा हाे । त, मैले जे देखे त्यही कुरा लेख्दा के फरक पर्ला र ! भृकुटी कागज कारखाना ५ कार्तिक २०४९ मा २२ कराेड ९८ लाखमा बेचियाे, अहिले बन्द छ । हरिसिद्धि इँट्टा टायल १४ कार्तिक २०४९ मा २ कराेड ४८ लाखमा बिक्री भयाे । अहिले बन्द छ । चलचित्र  विकास कम्पनी २६ कार्तिक २०५० (५१% सेयर) मा ६ कराेड ४६ लाखमा बिक्री भयाे, हाल सञ्चालनमा रहेकाे छ । बाँसबारी छाला जुत्ता उद्याेग २४ कार्तिक २०४९ मा २ कराेड ९८ लखमा बिक्री गरियाे । अहिले सम्पर्क विहिन छ । बालाजु कपडा उद्याेग १७ मंसिर २०५० (७०% सेयर) मा १ कराेड ७७ लाखमा बिक्री गरियाे, अहिले बन्द छ । काँचाे छाला सङ्कलन तथा बिक्री २८ मंसिर २०५० (१००% सेयर) मा ३९ लाखमा बिक्री गरियाे, अहिले बन्द छ ।
बिटुमिन तथा ब्यारेल उद्याेग ७ असार २०५१ (६५% सेयर) मा १ कराेड ३१ लाखमा बेचियाे । नेपाल ल्युब आयल २२ जेठ २०५१ (४०% सेयर) मा ३ कराेड १० लाखमा बेचियाे । रघुपति जुट मिल्स  ३० साउन २०५३ मा  ८ कराेड २२ लाखमा बेचियाे । नेपाल ढलाैट उद्याेग १२ चैत २०५२ मा १ कराेड ४४ लाखमा बिक्री  गरियाे । नेपाल बैंक लिमिटेड २१ असाेज २०६३ मा (१०% सेयर) २१ कराेड ५१ लाखमा बिक्री गरियाे । नेपाल चिया विकास निगम १४ असार २०५७ (६५% सेयर) मा २६ कराेड ७१ लाखमा बिक्री गरियाे । नेपाल दूरसञ्चार कम्पनी ६ पुस २०६४ (८.५३% सेयर) मा ४ अर्ब २६ कराेडमा बिक्री गरियाे । बुटवल पाव, कम्पनी १९ पुस २०५१ (७५% सेयर) मा ८७ कराेड ४२ लाखमा बिक्री गरियाे । भक्तपुर इँट्टा तथा टायल २२ पुस २०६० मा १ कराेड ४५ लाखमा बिक्री गरियाे । यसरी समग्रमा हेर्दा नेपालमा लाेकतन्त्र नेपालीहरूकाे लागि फलिफाप हुन नसकेकाे मेराे बुझाई रहेकाे छ ।
अहिले देशकाे राजनीति नेताहरूकाेलागि मिलिजुली खाने पेवाजस्तै भएकाे छ । विभिन्न शिक्षण संस्था, संघसंस्था, प्रतिष्ठान, निगम, प्राधिकरण आदिमा राजनीतिक भागवण्डा हुन्छ । अहिलेकाे अपवित्र गठबन्धनका नायके प्रधानमन्त्री पुष्पकमल दाहालज्यूलाई पूरा पाँचवर्षकाेलागि शुभकामना पनि छ । हुन त म देउवाज्यूकाे जस्ताे ज्याेतिष हाेइन । तर ज्याेतिष नभएपनि केहिहदसम्म मेराे भविष्यवाणी पनि मिल्दै आएकाे छ । अब अढाई वर्ष काँग्रेस, नेकपा एस आदिसँग गठबन्धन र त्यसपछिका अढाई वर्ष नेकपा एमाले, राप्रपा आदिसँग गठबन्धन गरेर पाँचै वर्ष प्रचण्डज्यू प्रधानमन्त्री हुने प्रवल सम्भावना देखिन्छ । लाेकतन्त्रिक गणतन्त्र भनेकाे अल्पमत र बहुमत सब‌ैले मिलिजुली खाने तन्त्र रहेछ भन्ने हाम्राे बुझाई रहेकाे छ ।
धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी
दार्चुला