कैलाली बहुमुखी क्याम्पसकाे परिचय र स्थापना दिवस :

Image
Nisarga Hospital

सर्वप्रथम क्याम्पस स्थापना दिवसकाे उपलक्ष्यमा सम्पूर्णमा शुभकनमना व्यक्त गर्न चाहन्छु । सुदूरपश्चिम प्रदेश सेती अञ्चल कैलाली जिल्ला धनगढी उपमहानगरपालिका अन्तर्गत बजारकाे मुख्य केन्द्र एल.एन. चाेकदेखि करिब १.५ किलाेमिटर पूर्व वडा नम्बर -८ मा अवस्थित देशकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसकाे स्थापना वि. सं. २०३७ साल माघ – १९ गते आजकै दिनमा भएकाे हाे । सुरुवातमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि पञ्चाेदय माध्यमिक विद्यालयबाट सामुदायिक क्याम्पसकाे रुपमा व्यवस्थापन (कमर्स) संकायकाे पठन पाठन सुरुभएकाे कैलाली बहुमुखी क्याम्पस केही समयपछि धनगढीकाे वार्ड नम्बर – ८ मा भवन निर्माणगरि आफ्नै भवनमा सञ्चालनमा रहेकाे छ । वि. सं. २०६३ सालदेखि मेराे पनि कर्मथलाे कैलाली बहुमुखी क्याम्पस नै भएकाेले यस क्याम्पसकाे परिदृश्य चित्रणगर्न पक्कै पनि सजिलाेभएकाे अनुभूति गरेकाे छु ।

CP Hospital Dhangadhi

बृहत् क्षेत्रफल ओगटेकाे यस क्याम्पसकाे पर्याप्त भाैतिक पूर्वाधार, दक्ष जनशक्ति तथा ईमानदार एवम् अनुशासित विद्यार्थीहरू यस क्याम्पसमा गहना हुन् । हुन त “न जाति छु न राम्राे छु कुन बन्छ र” ! मैले क्याम्पसकाे बारेमा चित्रण गर्दैगर्दा आफ्नाे कर्मथलाेलाई कसले पाे नराम्राे भन्ला र ? भनेर पाठकहरूले मलाई आफ्नाे क्याम्पसकाे बढाई चढाईगरेकाे आराेप लगाउने पाे हुन कि भन्ने संकाेच पनि लागिरहेको छ । तर यसरी बढाई चढाई गरेर लेख्दा लेखकलाई के नै फाईदा हाेला र ? सकेसम्म समाजलाई सत्यतथ्य कुराहरूकाे जानकारी गराउनु नै मानव धर्म हाे । १७ बर्षदेखिकाे मेराे अनुभव, जानकारी, यथार्थ वस्तुस्थिति ऐना जस्तै छर्लङ्गपार्ने प्रयास गर्ने छु ।

nawajiwan

कैलाली बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विश्वविद्यालयकाे आंगिक क्याम्पसकाे रुपमा सञ्चालनमा रहेकाे छ । यस क्याम्पसमा स्नातक र स्नातकाेत्तर तह सम्मकाे पढाइ हुने गरेकाे छ । स्नातक तहमा सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय, वन विज्ञान (स्नातक तह) संकाय, व्यवस्थापन संकाय, विज्ञान संकायकाे पढाइ हुने गरेकाे छ । स्नातकाेत्तर तहमा पनि सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय र व्यवस्थापन संकायकाे पठनपाठन हुने गर्दछ । स्नातक तह शिक्षा शास्त्र संकाय अन्तर्गत अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, गणित शिक्षा, कम्युटर साइन्स सूचना प्रविधि (CSIT), लगायतका विषयहरूकाे पढाइ हुने गरेकाे छ । मानविकी संकायमा बिए. एल. एल. बी. (BALLB), बि.एस.डब्लु. (BSW), ग्रामीण विकास (RD), आम सञ्चार तथा पत्रकारिता, समाजशास्त्र, अंग्रेजी, गणित, अर्थशास्त्र लगायतका बिषयहरूकाे पठनपाठन हुने गर्दछ । व्यवस्थापन संकायमा बिबिएस, बिबिए, बिबिएम आदि बिषयहरू र विज्ञान संकायमा बिएस्सी., सिएस.आइटी. (CSIT) बिषयहरूकाे पठनपाठन हुने गरेकाे छ ।

स्नातकाेत्तर तहमा अंग्रेजी,नेपाली, अर्थशास्त्र, स्वास्थ्य शिक्षा, समाजशास्त्र तथा व्यवस्थापन संकायमा एमबिए, एमबिएस, एमडिएस (MDS) आदि बिषयहरूकाे पढाइ हुने गर्दछ । निकट भविष्यमा इन्जिनियरिङ्गकाे पनि पढाईहुने प्रक्रिया अगाडि बढेकाे छ । यस क्याम्पसमा दक्ष तालिमप्राप्त दर्शनाचार्य (एम.फिल.), पिएच.डी. गरेका र दर्शनाचार्य (एम.फिल.) र पि.एच.डी. स्कलर प्राध्यापकहरू प्राध्यापनरत छन । समय समयमा विभिन्न अतिरिक्त कृयाकलापहरू आयाेजना गरिन्छन् ।


देशकै अग्रणी यस शैक्षिक संस्थामा विभिन्न जिल्लाबाट बिद्यार्थीहरू अध्ययनगर्न आउने गर्दछन् । गरीब, जेहेन्दार, अशक्त, अपाङ्ग बिद्यार्थीहरूकाे लागि छात्रवृत्तिकाे व्यवस्था गरिएकाे छ । उपयुक्त खेलमैदान, पर्याप्त भाैतिक पूर्वाधार, समय अनुसारकाे शिक्षा, दक्ष तथा याेग्य प्राध्यापक, पुस्तकालय, समय समयमा आन्तरिक परीक्षाद्वारा विद्यार्थीहरूकाे मूल्याङ्कन, प्राथमिक उपचार कक्ष, उपयुक्त खेलसामग्री, स्वस्थकर चमेनागृह, सुरक्षित पिउने पानी, माेटरसाइकल, साकल तथा गाडी पार्किङ्ग, सुरक्षित साैचालय आदि यस क्यामपसका मुख्य विशेषता हुन । क्याम्पसमा रिसर्च म्यानेजमेण्ट सेल (RMC), विभिन्न संकाय अन्तर्गतका बिभागहरू गठन गरिएक्का छन् ।

Attariya Hospital

क्याम्पसले हालै अनुसन्धानमा प्रथम राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गरेकाे छ । क्याम्पसकाे यस्ता शैक्षिक उन्नयन तथा अनुसन्धानात्मक कृयाकलापहरूमा प्रत्यक्ष र पराेक्ष रुपमा सहयाेग पुर्याउने समाजसेवी, वुद्धिजिवी, विद्यार्थी लगायत सबै सबैलाई ह्रदयदेखि नै आभार प्रकटगर्दै क्याम्पसकाे शैक्षिक विकासमा यहाँहरूकाे अतुलनीय याेगदान सधैभरिं रहिरहने कुरामा विश्वस्त हुन सकिन्छ । पटक पटक विश्वविद्यालय अनुदान आयाेगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त यस क्याम्पसकाे थप उन्नती प्रगतिकालागि विश्वविद्यालय र समुदायकाे सहयाेग, सुझाव आवश्यकपर्ने हुँदा सधैंभरी यहाँहरूकाे याेगदान क्याम्पसकाेलागि अविस्मरणीय रहने छ भन्ने कुरामा विश्वस्त छु ।

यस क्षेत्रका शैक्षिक अगुवा, समाजसेवी, वुद्धिजिवी, राजनीतिकर्मी, सामाजिक अभियन्ता, उद्योगी, व्यापारी, अभिभावक, प्रध्यापक, शिक्षक, कर्मचारी, कृषक, विद्यार्थी सबै सबैकाे क्याम्पसकाे उन्नतीमा महत्त्वपूर्ण याेगदान रहेकाे कुरालाई कसैले पनि नकार्न सक्दैनन् र सधैंभरी यहाँहरुकाे सल्लाह, सुझाव, सहयाेग रहिरहने छ भन्ने कुरामा विश्वस्त छु । क्याम्पस भए हामी हुन्छाैं, तर हामी नभएपनि क्याम्पस हुनेछ । मेराे पनि कयाम्पससंग माना जाेडिएकाे हुँदा क्याम्पस अभिभावककाे कुशल व्यवस्थापनले गर्दा क्याम्पस सकारात्मक दिशामा अघि बढिरहेकाे मेराे ठम्याई छ । हाल यस क्याम्पसमा प्राध्यापक श्री ताेयराज भट्टसर क्याम्पस प्रमुखकाे भूमिकामा रहनु भएकाे छ । वहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना पनि व्यक्त गर्दछु । क्याम्पस सम्बन्धी पाठकलाई थप जिज्ञासा भएमा अर्काे लेखमा उल्लेख गर्ने नै छु ।

क्याम्पस स्थापना दिवसकाे अवसरमा आज विभिन्न कार्यक्रमहरू आयाेजनागरि उल्लासमय वातावरणमा स्थापना दिवस मनाउन गइरहेका छाैं । कार्यक्रम सफलताकाे शुभकामना व्यक्त गर्दछु । आगामी दिनहरूमा पनि समुदायका अभिभावक, शैक्षिक अगुवा, समाजसेवी, वुद्धिजिबी, राजनीतिकर्मी, विद्यार्थी, व्यापारी, उद्योगपति, जनप्रतिनिधि लगायत सबै जातजाति, धर्म, संस्कृति, विविध भाषाभाषी भएका आम नागरिककाे क्याम्पस प्रतिकाे विश्वास, सद्भाव अझ बढ्दै जानेछ भन्ने पूर्ण भराेसाका साथ सरस्वती माताले हामी सबैलाई सत्वुद्धि प्रदान गरून् । जय सरस्वती माता !

धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
कैलाली