विश्वकप टी २० क्रिकेटको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन

Image
Nisarga Hospital

विश्वकप टी २० मा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको तयारी स्वरुप सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो जुन महिनामा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा क्रिकेट टिमको सहभागिताको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

CP Hospital Dhangadhi

सरकार र राखेपको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानको विश्वास छ । टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, दक्षिण अफ्रिका, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

Dhnagadhi & Krishanapur