हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल सँग भिड्ने,

Image
Nisarga Hospital

हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा पिएनजीले हङकङलाई १० विकेटले हराएको छ । लिग चरणको अन्तिम खेलमा हङकङले दिएको १ सय २२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाएर पूरा गरेको थियो ।

CP Hospital Dhangadhi

उसका लागि अविजित रहेका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । त्यसअघि मोंगकोकस्थित मिशन रोड ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको हङकङ १८.३ ओभरमा अलआउट भयो । उसका लागि जीशान अलिले अविजित ५५, नसरुल्ला राना र एहसान खानले १६/१६ तथा बाबर अहयातले १२/१२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । पिएनजीका लागि सेसे बाउ, असद भाला, अलि नाओ र काबुआ मोरियाले दुई÷दुई विकेट लिए ।

अब फाइनलमा नेपाल र पिएनजीले खेल्ने भएका छन् । नेपाल र पिएनजीबीचको फाइनल खेल बुधबार बिहान ११ः४५ देखि सुरु हुनेछ । तेस्रो भएको घरेलु टिम हङकङले अब हङकङ ‘ए’ सँग खेल्नेछ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur