
त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हराउँदै कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको खेलमा आर्मी ९ विकेटले विजयी बनेको हो ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मी सामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य आर्मीले १२ दशमलव २ बल फालेर एक विकेटको क्षतिमा पुरा गरेको हो । जितका लागि ३ रन आवश्यक हुँदा इमरान शेखको चौकाको मद्दतले आर्मीले ११२ रन बनाउँदै प्रतियोगिता जितेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा अलआउट हुँदै ११० रन मात्र बनाउन सक्यो । विपिन रवालले सर्वाधिक २७ रन बनाउँदा ओपनरद्वय रवीन्द्र शाही र मनिष थापाले समान २१–२१ रन बनाए । आर्मीका तीर्थराज दास, बासिर अहमद, शाहब आलम र सुमित श्रेष्ठले २–२ विकेट लिए भने पवन कार्कीले एक विकेट लिए ।




कर्णालीले विपिन रावलले सर्वाधिक २७ रन जोडे । कप्तान रविन्द्र शाही र मनिष थापाले २१-२१ रनको योगदान गरे । दिनेश अधिकारीले १२ रन बनाए । त्यस्तै दिपेन्द्र रावत ६, अर्जुन घर्ती ४, हिमांशु शाही २, युनिश ठकुरी र अनुज चनारा १-१ रनमात्रै बनाए । दिवान पुनले नटआउट ५ रन खेलेका थिए ।


































