डोटीको बुडर नजिक जिप चालक र मोटरसाइलमा सवार ब्यक्तिबिच लफडा

Image
प्रतिकात्मक तस्बिर
Nisarga Hospital

डोटीको बुडर नजिक जिप चालक र मोटरसाइलमा सवार ब्यक्तिबिच लफडा भएको छ। प्रहरीका अनुसार बुडर नजिकै भीमदत्त राजमार्गमा म१च ६३० नम्बरको जिपका चालक र म३प १५०० नम्बरको मोटरसाइकलमा सवार केटाहरुबिच झगडा भएको हो।

CP Hospital Dhangadhi

जिपमा चालकसहित दुई र मोटरसाइकलमा पनि दुई जना सवार रहेको बताइएको छ । डोटी प्रहरीले उनीहरुबिच वादविवाद भई झगडा हुँदा मोटरसाइकलमा सवार जोरायल गाउँपालिका वडा नम्बर १ का २६ वर्षीय रमेश भारती घाइते भएका बताएको छ।

उनको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए। वादविवादका क्रममा धक्कामुक्का हुँदा रोडमा लडेर भारती घाइते भएका उनले बताए। जिपका चालक कञ्चनपुरको लालझाडी गाउँपालिका-६ का मोहन विष्टसहित ३ जनालाई नियन्त्रणमा लिइएको उनले बताए । झगडाको कारण भने खुल्न सकेको छैन् ।