
बझाङः बझाङमा काफलको रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौड कि अन्दाजी ४० बर्षिया प्रमा बागको काफलको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बिहिवार आज दिउसो १० बजे बित्थडचिर गाउँपालिका वडा नम्बर ७ मा रहेको ठुलीखाली भन्ने जंगलमा काफल टिप्न आएकी महिलाको रुख बाट लडेर घटना स्थलमै मृत्यु भएको हो ।

मृतक बाग सँग काफल टिप्न गएका अन्य व्यक्तिहरूले बित्थडचिर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश बिष्टलाइ खबर गरेपछि ४ बजे तीर प्रहरी बेस देउलेखबाट प्रहरी हबल्दार बासु देव तेली को कमाण्डमा ३ जनाको टोली घटना स्थलमा खटी गएको थियो । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी व्यापक चन्द्र शाहले बताउनुभयो ।
































