गोदावरी नगरपालिकामा मुक्त कमैया महिला विकास मञ्चद्वारा परियोजना विस्तारबारे छलफल

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका भित्र मुक्त कमैया महिला विकास मञ्चद्वारा परियोजनालाई अगाढी बढाउन स्थानिय निकाय संग छलफल गरी काम अगाढी बढाउने तायरी गरेको छ ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका क्षेत्र भित्र संचालित परियोजनामा मुक्त कमैया महिला विकास मञ्चद्वारा परियोजनाहरूको अनुगमन तथा मूल्यांकन गर्नको लागि परियोजना सल्लाहकार समिति समेत गठन गरेको छ ।

 
nawajiwan

सल्लाहकार समितिमा गोदावरी नगरपालिकाका नगर प्रमुख संयोजक रहने गरी समिति गठन भएको छ । गोदावरी नगर उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, आर्थिक बिकास समिति संयोजक, सामाजिक विकास शाखा, रोजगार विकास शाखा, महिला विकास शाखा प्रतिनिधिहरु सदस्य रहेका छन भने सदस्य सचिवमा आर्थिक विकास शाखा प्रतिनिधीलाई छनौट गरी सल्लाहकार समिति गठन गरेको छ ।

Attariya Hospital

मुक्त कमैया महिला विकास मञ्चद्वारा कैलालीका विभिन्न पालिका भित्र शिक्षा, जनचेतना , पुनर्स्थापना, कृषि, उघमशिलता, ब्यावसायीकरण लगायतका क्रियाकलाप गर्दै आएको जानकारी मञ्चका प्रतिनिधिले बताएका छन ।

गोदावरी नगरपालिका भित्र काम गर्दै गरेको र नयाँ शिप सिक्न चाहाना भएकाहरुका लागि जीवनउपयोगी सँगै स्वरोजगार श्रीजना हुने गरी काम थालनी गर्न गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन । उनले भनेका छन चरणबद्ध ढंगले सवैलाई समानता हुने गरी आवश्यकता छनौट गरी काम अगाढी बढाउन समेत सुझाव दिएका छन ।

मुक्त कमैया महिला विकास मञ्चले पछिल्लो चरणमा महिला तथा बेरोजगार मानिसलाई सिप दिलाउनका लागि बगुर पालन , बेमोसमी तरकारी खेती, मोटरसाइकल – साइकल मर्मत तालिम लगायतका सिप सिकाउन काम अगाढी बढाउने बताएका छन । अहिले मुक्त कमैया महिला विकास मञ्च धनगढी उमहानगरपालिका केही वडा र गोदावरी नगरपालिकामा मूक्त कमैया ३ , ८ र १० मा संचालनमा आएको मञ्च प्रतिनिधिले बताएका छन । गोदावरी नगरपालिका भित्र ५०% बढी महिला सहित ६० जनालाई उद्यमी बनाउन काम अगाडी बढाएको छ ।