
मानिस सबै उस्तै उस्तै हुन् तर चाल फरक हुन्छ,
जस्तो की दिन उस्तै भए पनि साल फरक हुन्छ।
जन्मिन्छन् अनि राम्रा नराम्रा कर्म गर्छन् धर्तिमा,
छाडेर जान्छन् चत्रक्कै शेष सवाल फरक हुन्छ।
जीव जन्तु पनि त उस्तै हुन्छन् हुन्छ रगत रातो,
दुःख दर्द सबैको उस्तै तर कङ्काल फरक हुन्छ।
मानिस हिंजो पनि खरको छानोमा बाँचेको हुन्थे,
आज उनिहरू बसने छानो र पर्खाल फरक हुन्छ।
कोर्टमा पनि भैंस हुन्छ सडकमा पनि भैंस उस्तै,
तर छलफल गर्ने चित्कार र कतुहाल फरक हुन्छ।
हिंजो सिक्किम भारतमा बिलय हुँदा लेण्डुपदोर्जे,
नेपलभित्र उदेश्य एउटै हो तर दलाल फरक हुन्छ।

॥१॥
चम्चाहरूकै जमाना हो नैतिक्ता बद्नाम भयो,
भ्रष्टाचार भयो उस्तै देशमा विकाश जाम भयो।
न्यायलय छाडेनन् साहित्य क्षेत्र पनि छाडेनन्,
राजनीति अचेलको केभनौँ मित्र वेलगाम भयो।
हिंजो भन्दा आज पुँजिवादको खेल निरालो छ,
सबै भन्दा प्यारो त अचेलभरी उही दाम भयो।
राजनीति अदुरदर्शियताले देश छिया छिया छ,
अराजक गतिबिधीको नै यस्तो परिणाम भयो।
दुश्मन्ले दुश्मन बताएन आफुलाई बतायो दोस्त,
देशका राजनीति उसैको सेवा गर्ने काम भयो।


॥२॥
झुक्दै झुक्दैनन् जनताले खबरदार गर्नसक्छन्,
अचेल नेताले बरू आफ्नै व्यापार गर्न सक्छन्।
बद्नाम नागरिकहरूलाई गर्छन् भेँडा भनेर यहाँ,
बरू उनि आफै पशुतुल्य व्यवहार गर्न सक्छन्।
श्रमजिविहरूले आफ्नै पसिना बगाएर पेट भर्दा,
धनिहरू उनैको पसिनामा कारोबार गर्न सक्छन्।
एकछाक खान नाङ्गो ढाक्न कै लागि जीवनभरी,
गरिबहरूले दिन रात काम लगातार गर्न सक्छन्।
वैइमानि गर्न सक्दैनन् गरिबका छोरा -छोरी कत्ती,
बरू आफ्नो देश जोगाउँन मारामार गर्न सक्छन्।
अहिले तैयारी चल्दै गर्दा हारे सेलाए नभन्नु कोही,
दमन् नगरे आन्दोलन् सँग फेरी प्यार गर्न सक्छन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८






























