
एउटा चारा उडेको हुन्छ केही आस बोकेर,
जस्तै जुन्केरी घर-घर पुग्छन् प्रकाश बोकेर।
सुर्य र चन्द्र अंकित देश हिमालको काखमा,
सधै दिन रात उदाउछन् उनि शुभाश बोकेर।
देशमा साशकको नियतले मज्दुर जन्मायो,
त्यसैले देशभित्र जहाज आउछ लाश बोकेर।
देश खरानी पार्छन् र सपना देखाउ छन् नेता,
मन मष्तिकमा उनैले विदेशको दाश बोकेर।
वीरको देशहो जन्मिदै परेका हुन्छन् ऋणमा,
मृत्यु पछिपनि पुग्छन् ऋणकै तमास बोकेर।
गर्नेले मोज गर्छन् जिउंदा मुर्दा लाशमा पनि,
पुराउछन् संदेश संसारभरी उपहास बोकेर।

॥१॥
चराहरू त आकासमा उडिरहन्छन् रहर बोकेर,
जस्तै प्रवाशी उडेका हुन्छन् कसैको भर बोकेर।
माझि डुङ्गाको भरमा छन् डुङ्गा माझिको भरमा,
उनिसङ्गै खोला समेत बगेको हुन्छ बगर बोकेर।
सुकुम्बासी लालपुर्जाको आसामा बसेका थिए,
डोजर पछि सरकार आयो महंगी र कर बोकेर।
बिस्वास त म गर्दैगर्दैन् तर कुदृष्टी हुन्छ कसैको,
मधेशमै किन हुन्छ लडाइ जातीय असर बोकेर।
मैले गरिबी देखेको छु खलीले छाक टारेको हुं,
गरिबी यस्तो आयो मित्र विदेशी सफर बोकेर।
युवा परदेश रित्तियो देश साम्राज्यवाद भित्रियो,
आज एमसीसीको त्यो खतरनाक अडर बोकेर।

॥२॥
ऐनाले पनि सकेन असली अनुहार देखाउन,
बरू विचारमात्र सक्छ सारासंसार देखाउन।
झुक्काउन मात्र बनेका हुन्छन् कृतीम तराजु,
धागमात्र कसैले सकिन सुद्ध व्यपार देखाउन।
पसिना रगत बगायो खान र लगाउन जजस्ले,
सकिन सन्तानलाई जिउने आधार देखाउन।
पर्वाशमा काम खोज्नेहरू हुन्छन् अनाथ जस्तै,
सङ्कट परे सक्दैनन् आफ्नै सरकार देखाउन।
देशले करडौं जन्मायो हुर्कायो आफू छ एक्लो,
सकेन यो देश चिनाउने एउटा औतार देखाउन।
यहा सुमुदर छैन अरू सबै छ हिमाली काखमा,
रोगि नेताको दौड छ अर्कैलाई बिमार देखाउन।
॥३॥





























