सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

आमा बाले त कलम दिएर पठाए छोरालाई,
किन खुडा तलवारले मन् पराए छोरालाई।
सधैं विद्रोहको रापमा तापिएर ऊ खारियो,
किन देशमा यस्तै विचारले सताए छोरालाई।
दया माया र सकारत्मक विचार नै आउदैन,
शिक्षा पनि उल्टै भई बैगुन लगाए छोरालाई।
केहि नेता बन्ने रहर पलायो उनैले भट्काए,
सत्तामा पुग्न अर्कैको भेटी चढाए छोरालाई।
पुजा त मार्नेहरू पनि गरे मर्नेहरूले पनि तर,
बाबा भन्दा सैतानले छिट्टै फकाए छोरालाई।
अरू देशहरू वैज्ञानिक जन्माउछन् औलाद,
हाम्रो झाक्री कतै बोक्शिले समाए छोरालाई।

॥१॥

nawajiwan
आमा हाम्रो छातिमा दु:खको कहर किन हुन्छ,
सधैभरी राम्रो कामको नराम्रो असर किन हुन्छ।
हामिले यो देश हरियो भरियो बनाउन खोजेपनि,
सुकेका खोला किन हुन्छ रित्तो बगर किन हुन्छ।
यो सरकार पनि जनताले चुनेको हो पुरानो पनि,
आखिर जनताको समस्यमा वेखबर किन हुन्छ।
जब की श्रोत साधन तमाम् छन् हाम्रो देश भित्र,
विकासका तर जहिल्यैपनि परनिर्भर किन हुन्छ।
आज हिमाल पग्लियो तापकरण फैलाए अरूले,
लाश हाम्रो भयो भन्न हामिलाई नै डर किन हुन्छ।
बुझ्न सकिन वा बुझाउन सकेन म नेताहरूलाई,
कटपुतली बनेर दुश्मनको हमसफर किन हुन्छ।
॥२॥
आजको यो दिन हाम्रो खास भयपनि,
कसरी मुस्कुराऊ खै तमास भयपनि।
भन्छन् कुशेऔंशी लाम्बबद्ध आश्रममै,
कसैलाई के माइनेछ बा लास भएपनि।
यही एउटा पाटो छ चोखो साहित्येको,
मुस्कुराउंने गर्छौं मन उदास भयपनि।
सिकाए चलाउन कलम गजल विधामा,
अंमर रहनेछन् भौतिक नास भयपनि।
देखाव़टी नगरौं कुनै औलाद जन्मदाता,
उनै हुन वृद्धाश्रममा उपहास भयपनि।
Attariya Hospital
मर्नेहरू मरेकै छन् रूआवास छ देशमा,
बाच्ने बाचिरहन्छन् बनमाबास भयपनि।

॥३॥

म एउटै गजलमा संसार देखाई दिन्छु
छट्टू को नखट्टू मुहार देखाई दिन्छु।
फुर्ती न लगाए हुन्छ कविको सामुन्ने,
गद्धार को छ इमान्दार देखाई दिन्छु।
जिउनु कसरी पर्छ त्यो मलाई सोध,
मानिस बन्ने म आधार देखाई दिन्छु।
यहा कति आए कति गए लोभी बनि,
देश बनाउने म सरकार देखाई दिन्छु।
तिमि पनि रहेन छौ इमान्दार देशभक्त,
जति लुकाएपनि भष्टाचार देखाईदिन्छु।
॥४॥
प्राकृती कहर होकी साम्राज्यवादको उपहार प्रमाण छैन,
कस्ले गर्यो यस्तो अकालमै मृत्युको कारोबार प्रमाण छैन।
आफ्नै देशभित्र पनि छन् उनैका दलाल कसलाई भनौं के,
गर्छन् आफ्नो यो घर पोलेर खरानीको व्यपार प्रमाण छैन।
हिजो ऊ हात्तिछाप थियो आज पजेरो गुडाउं छ आफ्नै ऊ,
कसरी बनायो शिशाको महल बन्यो साहुकार प्रमाण छैन।
पानी माथिकै ओबानो बन्नखोज्ने धेरै भेटिन्छन् गन्दैजादा,
जसले सुनायो मालेमाको कथा ऊ बन्यो जार प्रमाण छैन।
यो मानिसको महफिल मानवता बिहिन रङ्गमञ्च बनेको,
प्रष्ट देखिन्छ तर कुन गद्धार हो कुन इमानदार प्रमाण छैन।
म जस्तो यहा देख्छु उस्तो लेख्छु जस्तो भन्छु उस्तै गर्छु,
तर यहासम्म पुग्ने केथियो आफूसङ्ग आधार प्रमाण छैन।
सुरेशकुमार पाण्डे दाङ घोराही १८