सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

आफ्नो त दुश्मनी कसैसङ्ग खास हुनसकेन,
यत्तिपनि नभुल्नु म कसैको दास हुनसकेन।
थाहा छ आउन सकेन यही मुहारमा कान्ती,
बोक्यौं क्रान्तिकै भार तर विकास हुनसकेन।
मलाई थाहा छ सांचो कुरापनि हुनेरैछ तितो,
तर पनि झुट बोलेर जिउंदो लाश हुनसकेन।
भन्नेहरू भन्छन् कति ठाट छ धन्मानहरूको,
सुख चयन उनिहरूको पनि पास हुनसकेन।
मदारी अरूलाई हसाउन तमास गर्छन् आफै,
मनोरञ्जन् गर्न कसैको उपहास हुनसकेन्।
यो धर्ती आकास जीव जन्तु सबैको साझाहो,
श्रमजीवीको किन आफ्नै निवास हुनसकेन।

CP Hospital Dhangadhi

॥१॥

भन्छौ महिलाको पर्व आसु बगाई तिमिले,
के बिरह जाग्यो भन नबस दबाई तिमिले।
nawajiwan
दु:ख पिडा छन् होला कति हो कति मन्मै,
न गुम्साउ चेली जिउनै पर्छ रमाई तिमिले।
सयौं वर्ष शङ्घर्षको छ इतिहाश बोकेको,
जांदैन समश्य शङ्घर्षले न धपाई तिमिले।
हक अधिकार लिन सक्नुपर्छ जुटेर हामी,
पाउदैनौं न लडेर अरू न अघाई तिमिले।
साबधान सचेत बन कट्पुतली नबनौं अब,
अंध्यारो चिर्नु छ एउटा दिप जलाई तिमिले।
अपराध गर्नेहरूकै भिडमा पनि जिउनुपर्छ,
आफ्नै त्यो घायल मनलाई फकाई तिमिले।

॥२॥

औषधी अपाच्य होला तर जहर दिन सक्दैन,
आफ्नो प्राण दिन्छु तर यो बगर दिन सक्दैन।
अचेल सत्य कुरा पनि तितो हुन्छ धेरैलाई,
समाजमा उसले तुरून्त असर दिन सक्दैन।
हुन त दुधले पनि कहा हुन्छ असर मदिरा झैं,
सत्य वचनले पनि त यहा खबर दिन सक्दैन।
पैसा प्रधान समाजमा मानिस पनि रोबट झैं,
कुनवेला बिक्री हुन्छ पक्का भर दिन सक्दैन।
अचेल त आफ्नो पराया यसरी छुट्टाउनु पर्छ,
धनले झैं केहि मूल्यवान अफर दिन सक्दैन।
देशमा आमूल परिवर्तन् चाहाने सुध्रौं पहिले,
आफैभित्र क्रान्ती नहुंदा असर दिन सक्दैन।
Attariya Hospital
॥३॥
कुनैवेला नेता बन्ने त मलाई पनि रहर हुन्थ्यो
तर पाइलै पछि त्यहां झुट बोल्ने कर हुन्थ्यो।
साच्चै म झुट बोल्न सिकेको राजनीतिमा हो,
जहिले नि माथिल्लो आदेशकै असर हुन्थ्यो।
अहिले त सरोबर भयो झुट बिना जीवन छैन,
जहा मेरो घर छ त्यहा कुनैवेला बगर हुन्थ्यो।
कसो ‘स’नजाने पनि साहित्यमा लागे छु यार,
नत्र मैपनि कतै घेराभित्र परेको खबर हुन्थ्यो।
एउटा कुरा भने राजनीतिमा लागेर सिकेको,
जहिले नि मलाई वर्गिय मायाको भर हुन्थ्यो।
तर वर्ग भित्रैपनि त अर्को वर्ग जन्मिदो रहेछ,
त्यही त मेरा लागि पनि साच्चै जहर हुन्थ्यो।
॥४॥
सबैलाई यहा हासने नाचने रहर हुदो रहेछ,
तर गरिबलाई मात्र सधै रूने कर हुंदो रहेछ।
लगाए र हरिया चुरा गाएर तिजको गीत मा,
गुलाबको फूल झैं हांसेको अधर हुदो रहेछ।
किन आउदैन श्रमजीविकै सघारभित्र खुसि,
हाम्रो घर त मेलपर्व पनि छुमन्तर हुदो रहेछ।
रमाउन पनि कहां सक्छु र म बिना खुसिको,
मजस्तै गरिबको साच्चै एउटै डगर हुदो रहेछ।
कति लाश वेबारिस भएका छन् कति जिउंदै,
गरिबका लागि त संसारनै बेखवर हुदो रहेछ।
श्रमजीवि महिला हौं वा पुरूष सबैको सपना,
रित्तो झोला र गनतव्यहिन सफर हुदो रहेछ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८