
धनगढी :प्रथम कठरिया थारू परम्परागत लोकगायन प्रतियोगिता सनिबार कैलालीको पहलमानपुरमा सम्पन्न भएको छ।

प्रतियोगिताको एक भव्य समारोहकाबिच सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले उदघाटन गरैका हुन्।
उदघाटन समारोहमा बोल्दै उपकुलपति जोशीले कठरिया जाति थारू समुदायभित्रको छुट्टै रहन सहन र भेषभूषा भएको जाति भएको बताए।
कठरिया जाति कैलाली र कञ्चनपुरमा मात्र भएको बताउदै उनले राज्यले कठरिया भाषा संस्कृतिलाई सूचिकृत गर्नु आवश्यक भएको बताए।


साथै उनले प्रज्ञा प्रतिष्ठान प्रदेशका हरेक जातजाति र कला संस्कृतिको संरक्षणका लागि योजनाबद्ध तरिकाले अगाडि बढिरहेको बताए।
कठरिया सन्देश मीडिया प्रालिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता राजेन्द्र कठरियाले गरेका थिए। प्रतियोगितामा १६ ओटा कठरिया गायन समूहले भागलिएको कार्यक्रम संयोजक अर्जुन कठरियाले बताए।
प्रतियोगिता उदघाटन समारोहमा नेपाल कठरिया समाजका अध्यक्ष दुखीराम कठरिया, राष्ट्रिय उदघोषक केपी कलौनी, साहित्यकार गंगाराम कडेल, अर्जुन कठरिया लगायतले मन्तव्य राखेका थिए।































