
चार गाउँमा निम्ता भयो ,
हल्ला खल्ला भयो
गाउँले सबै निम्ता मान्न गए
कोहि खुसी भए
कोहि चिन्तित भए
आज के हो के हो
कसैलाई थाहा थियो
कसैलाई थाहा थिएन !

उ धनी थियो
एउटा ठूलो खसी काटियो
ठुलो भोज भतेर भयो
कयौँ बुबाको मनमा
मैले पनी छोराको जन्मदिन
यस्तै मनाउनु पर्छ कि भन्ने लाग्यो
मनमा डर पैदा भयो !
उसको त त्यो सबै धन
सम्पतीको आडम्बर थियो
समाजको अघि राम्रो बन्नु थियो
समाजका मान्छेलाई अलमल थियो!




बिवाह भनु बेहुली छैन
कथा हो भनु जग्य छैन
पाठ पढ्ने पण्डित छैन्
अन्तमा जन्म दिनको
सुभकामना बज्यो
समाजका मान्छेको
मनमा घण्टि बज्यो
थाहा भयो यो कुराले
समाजमा नकारात्मक
प्रभाव बढ्यो
हाणी गाउँ पछिको जात्रा
मेरो गाउँमा भयो,
उसको जन्मदिन आयो
उल्का र अचम्म भयो !
पारस भट्ट प्यासी —
सुदुरपश्चिम बैतडी

































