पश्चिम तराईका जिल्लामा घोँगीको व्यापार बढ्दो

Image
Nisarga Hospital

धनगढी: थारू समुदायको परम्परागत खान्की घोँगीको व्यापार बढेको छ । पछिल्लो समय गैरथारूसमेतले घोँगीको परिकार मन पराउन थालेपछि यसको व्यापारले उचाइ लिएको हो । घरमा खानदेखि लिएर होटेलमा तरकारी बनाएर आगन्तुकलाई खुवाउनका लागि घोँगीको किनबेच भइरहेको छ ।

CP Hospital Dhangadhi

घोँगी धान खेतको दल दल, घोल, ताल, खोलानालामा प्राकृतिक रूपमा पाइने जलीय जीव हो तर यसको माग बढेसँगै पछिल्लो समय माछा पालन गरिएको पोखरीमा पनि व्यावसायिक रूपमा घोँगी पाल्न थालिएको छ । विभिन्न ठाउँमा पाइएका घोँगी सहर बजारमा ल्याएर बिक्री गर्न थालिएको छ ।

प्राकृतिक रूपमा पाइएका घोँगी बिक्री गरेर थारू समुदायका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । दैनिक ३० र ३५ केजी घोँगी र घोङ्घाको व्यापार गरेर तीन हजारदेखि साढे तीन हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पौलाहाकी सुमन चौधरीले बताइन ।

nawajiwan

चौधरीका अनुसार पौलाहामा नदीले छोडेको घोलमा प्रशस्त मात्रामा घोँगी र घोङ्घा पाउने गरेको छ । त्यो सङ्कलन गरेर धेरै महिला बिक्रीका लागि धनगढी आउने गरेका छन् ।

Attariya Hospital

घोँगी र घोङ्घा दुवै उस्तै जलीय जीव हुन् । घोँगी केही हदसम्म सानो र घोङ्घा ठुलठुलो हुने गर्छ । थारू समुदायका मानिसले घोँगी र घोङ्घाको तरकारी सदियौँदेखि खाँदै आएका छन् । समुद्री खाना अन्तर्गत पर्ने घोँगी र घोङ्घाबाट प्रशस्त मात्रामा पौष्टिक तìव प्राप्त हुने गरेको बताइएको छ । ‘बलियो हुनु छ भने घोँगी खाउ’ भन्ने एउटा भनाइ पनि थारू समुदायमा प्रचलित रहेको छ ।

हिउँदमा तालतलैयामा मात्रै कम मात्रामा पाइने घोँगी वर्षायाममा भने यत्रतत्रको पानीमा बढी पाइने गर्छ । घोँगीको तरकारी अत्यधिक रुचाउने थारू समुदायका मानिसले खेतको दल दलदेखि तालमासमेत घोँगी खोज्ने गर्छन् । विशेष गरेर महिलाले दिनभरि घोँगी खोजेर त्यसको तरकारी परिवारलाई खुवाउने गर्दछन् ।

सहरका होटेलमा घोँगीको माग बढ्दै गएपछि पछिल्लो समय माछा पालक कृषकले माछा पोखरीमा घोँगीको व्यावसायिक पालन गर्न थालेका छन् । घोँगीले माछालाई कुनै असर नगर्ने गरेका कारण उनीहरूले माछासँगै घोँगीसमेत पाल्न थालेका हुन् ।