
अत्तरिया : धनगढीमा रहेको चैतन्य पाठशालाले विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थितिमा दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पत्रकारहरुलाई बुधबार विद्यालयमै पत्रकारहरुसंग कार्यक्रम गरेको हो ।

पत्रकारलाई शुभकामना दिँदै पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले भने । ‘हाम्रा गतिविधिहरूलाई सहि, सत्य र निश्पक्षरुपमा प्रसारण गरेर ठुलो सहयोग पुगाएको छ र आगामी दिनमा पनि मिडियाले हामीलाई सहि दिशा निर्देश गर्नेमा विश्वस्त छु ।’

साथै पत्रकारिता थप सशक्त र मजबुत हुनुपर्नेमा उनको जोड रहेको थियो । बर्ष भरि हामी सबै आ.आफ्ना कार्यमा ब्यस्त हुँदा भेटघाट नै गर्ने अवसर नमिल्ने भएकाले बिजया दशमीको पूर्व सन्ध्यामा पत्रकारहरु सँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिहँको भनाई रहेको थियो ।

मिडियाकर्मीहरुले सदैव पाठशाला परिवारलाई मजबुत र समाज मुखी बनाउन लाग्नुपर्ने प्रधानाध्यापक सिहँले बताए । कार्यक्रममा, विद्यालयका शिक्षक र धनगढी, अत्तरियामा रहेर विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।






























