अत्तरियामा आजदेखि हुने भनिएको प्रदर्शनमा व्यापारीहरुको तोडफोड

Image
Nisarga Hospital

अत्तरिया: ‘यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजारमा तोडफोड गरिएको छ । अत्तरिया क्षेत्रका केही व्यवसायीहरूले आज देखि सुरु हुन गइरहेको बजारको विरोध गर्दै गेटमा तोडफोड गरेका हुन।

CP Hospital Dhangadhi
Attariya Hospital

कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा हुन गइरहेको उक्त प्रवर्द्धन बजारको संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश अध्यक्ष विनोद मल्लले केही व्यवसायीहरूले समूहले बिहान प्रदर्शनी बजारको गेटमा तोडफोड गरेको बताए ।
उनले सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार सञ्चालनका लागि नगरपालिकाबाट अनुमति लिइएको बताए ।
नगरपालिकाले नै स्वीकृति दिएका प्रदर्शनी दुईवटै मेला विवादित बनेका छन्। केही महिना अगाडि पहाड राेड बस पार्कमा रमाइलो मेला पनि बन्द गरिएको थियोे । यो नजिर गलत हो या हाेईन भन्ने प्रश्न्न चिन्ह खडा भएको छ ।
उनीहरूले तोडफोड गर्नको कारण भने खुलेको छैन । अहिले दुवै पक्ष बिच इलाका प्रहरी कार्यालय मालाखेतीमा छलफल भइरहेको छ ।

nawajiwan