
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयका कक्षा ११ मा कम्प्युटर इञ्जिनियरिङ पढ्दै गरेका दुई विद्यार्थी राहुल सुनार र कौशल थापाले गोदावरी आविष्कार केन्द्रका लागि Full Stack Dynamic Website विकास गरेका छन्।

उनीहरूले शैक्षिक संस्थाहरू, ई-कमर्स व्यवसायहरू, र गैर-नाफामूलक संस्थाहरूको लागि सुरक्षित र उपयोगी वेबसाइटहरू पनि तयार गरेका छन्। गोदावरी नगरपालिका भित्रका संस्थाहरूले यसबाट फाइदा उठाउन सक्नेछन्।

दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले “Learning by Doing” र “Learning by Earning” अवधारणामा आधारित अभ्यास गर्दै आएको छ। यसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सिप र आर्थिक व्यवस्थापनको अवसर प्रदान गरेको छ।

तपाईंको व्यवसाय वा संस्थाको लागि बलियो र सुरक्षित वेबसाइट निर्माण गर्न चाहनुहुन्छ भने राहुल सुनार र कौशल थापालाई सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर: *९८०५७४०१५६*। साथै, गोदावरी आविष्कार केन्द्र, अत्तरियामा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
आउनुहोस्, हाम्रो बालबालिकाको प्रविधि सिपलाई प्रवर्द्धन गरौं र नेपाललाई समृद्ध बनाऔं।
*जय नेपाल!*

































