विपद् व्यवस्थापनका बेला प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यक्रम

Image
Nisarga Hospital


अत्तरियाः विपद् व्यवस्थापनका क्रममा महिलाहरू र किशोरीहरूको प्रजनन स्वास्थ्यलाई सुरक्षित राख्न “अधिकारमुखी गुणस्तरीय प्रजनन स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रम” लागू गरिएको छ। कैलालीको गोदावरी नगरपालिकाका आयोजित यस कार्यक्रमले विपद् व्यवस्थापनका बेला प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उद्देश्य लिएको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकामा CARE नेपाल,CRR , FWLD र Needs नेपाल को सहकार्यमा विपद्मा यौन तथा प्रजनन स्वास्थ्य सेवा सुदृढीकरणका लागि कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रममा सामुदायिक सहजकर्ताको परिचालन, क्षमता विकास तालिम, किशोरी समूह गठन, र स्वास्थ्यकर्मीबीच अन्तरक्रिया जस्ता गतिविधिहरूको आयोजना गरिएको छ।

nawajiwan


कार्यक्रमले विपद्‌को अवस्थामा यौन तथा प्रजनन स्वास्थ्यमा देखिने चुनौतीहरू समाधान गर्न र स्थानीय नीति तथा सेवाको प्रभावकारितामा टेवा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विपतको समयमा यौन तथा प्रजनन स्वास्थ्यमा आई पर्ने समस्या, र चुनौती बारे जानकारी निडस नेपाल विपदमा प्रजनन् स्वास्थ्य सेवामा पहुँच परियोजना की संयोजक रूची राना मगरले पालिका देखि जिल्ला क्षेत्रमा नीति नियम तथा कार्यक्रम र अहिले सम्म गरेका क्रियाकलापको जानकारी र आगामी दिनमा पालिका संगको समन्वयमा के कसरी जान सकिन्छ भनी जानकारी दिएकी थिइन्।


२०२३ देखि लागि भएको परियोजना आगामी २०२५ जनवरी सम्म गोदावरी नगरपालिकामा लागू भएको छ।
गरेका क्रियाकलाप

Attariya Hospital
  • पालिका भित्र यौन तथा प्रजनन
  • २१ ओटा सामुदायिक सहजकर्ता परिचालन
  • २१ ओटा महिला समुह गठन
  • समुदायिक सहजकर्ता लाई क्षमता अविब्रीधी तालिम
  • न्यूनतम यौन तथा प्रजनन् सम्बन्धी तालिम
  • पालिका स्तरिय गुनासो सुनाइ कार्यक्रम
  • स्वास्थ्य संस्था संपासन तथा व्यकि प्रदेश स्तरिय सरक्षण कलस्टर सग बैठक
  • RRT तालिम
  • पालिका, जिल्ला र प्रदेश स्तरिय RH cluster बैठक।
  • मानव साझेदारी मंच (HPP)
  • पालिकर स्तरिय प्रजनन् स्वास्थ्यप्रधा अभिमुखिकरण कार्यक्रम
  • किशोरी समूह ररिचालन आदी

निड्स नेपालले गरेका  कियाकलापहरु

  • स्वास्थ्यकर्मी र सम्यायिक सहकर्ता रिच अन्तर‌ा
  • गुनासो सुनुवाई समिति र समुदायिक सहजकर्ता विच अन्तरुङ्ख्या कार्यक्रम
  • सामुदायिक अंक पत्र
  • विपद प्रभावित पालिकामा अनुभव दान प्रदान कार्यक्रम
  • पालिका स्तरिय विषय पूर्व तयारी तथा प्रतिकार्य पीसना
  • अध्यावधिक प्रदेश स्तरिय कार्यशाला तथा परामर्श गोष्ठि
  • स्वास्थ्य कर्मी तथा सहजकर्ता बीच अन्तरक्रिया कार्यक्रम
  • समुदायमा भोगेका समस्या तथा अनुभव आदानप्रदान
  • पालिका यस्थरिय विपत कार्यक्रम

कार्यक्रममा गोदावरी नगरपालिकाका उप प्रमुख शारदा रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरी दत्त भट्ट, स्वास्थ्य शाखा अधिकृत नवराज अवस्थी,CARE नेपाल बाट यौन तथा प्रजनन स्वास्थ्य अधिकार अधिकृत कालिदास जोशी , संस्थागत विकास निर्देशक needs नेपालका प्रतिनिधि  विनोद सिंह कडारा लगायर को उपस्थिति रहेको थियो।

विपद् व्यवस्थापनका बेला प्रजनन स्वास्थ्य सेवा प्रभावकारी बनाउनको लागि यो कार्यक्रम महत्त्वपूर्ण कदम हो। यसले स्वास्थ्यको आधारभूत अधिकारलाई प्रवर्द्धन गर्दै सुरक्षित मातृत्व र महिला सशक्तीकरणमा योगदान पुर्‍याउनेछ।