एमाले डोटीको अध्यक्षमा मलासी विजयी

Image
Nisarga Hospital

अत्तरिया : नेकपा एमाले जिल्ला कमिटि डोटीको अध्यक्षमा मन्जु मलासी विजयी भएकी छन् । अन्तिम मतपरिणामअनुसार मलासी प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई पराजित गर्दै विजयी भएकी हुन् ।

CP Hospital Dhangadhi

मलासी २१५ मतसहित विजयी हँदा प्रतिद्वन्द्वी मल्लले १७१ मत मात्र प्राप्त गरे । यस्तै, उपाध्यक्षमा खगेन्द्र बडैला विजयी भएका छन् । बडैलाले १११ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गणेश बहादुर विष्टले १०७ मत मात्रै ल्याए ।

उपाध्यक्षका अर्का उम्मेदवार लक्ष्मण मलासीले ९७ र चक्रबहादुर घर्तीमगरले ५८ मत पाएका छन् । सचिवमा पदमराज भट्ट २३७ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी धनबहादुर नेपालीले ११९ र झलक बहादुर पालीले ६८ मत ल्याएका छन् ।

उपसचिवमा डम्मर डाँगी र उपसचिव (महिला) मा बिस्ना सिंह विजयी भएकी छन् । डाँगीले १५२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी बम बहादुर विष्टले १२३, कृष्ण खड्काले ६७ र कृष्ण दर्लामीले ३४ मत पाएका छन् । उपसचिव (महिला) मा विजयी सिंहले २०८ मत पाएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी शशी सोवले १४६ मत प्राप्त गरेकी छन् ।

एमालेको नयाँ नेतृत्व चयनका लागि मंसिर २८ र २९ गते जिल्ला अधिवेशन भएको थियो । सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि यहाँ मतदान भएको थियो ।