
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला सुदूरपश्चिम प्रदेशका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न भोलीदेखि धनगढी जाने भएका छन्। उनको साथमा सांसद डा. सुनिल शर्मा पनि हुनेछन्।

शर्माका निजी सचिवालयका अनुसार, उनीहरू धनगढीमा रहेर सुदूरपश्चिमका नौ वटै जिल्लाका कार्यकर्ताहरूलाई भेटघाट र पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन्। शुक्रवारका कार्यक्रमहरूमा उनीहरूले विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग छुट्टाछुट्टै भेटघाट गर्दै जिल्लागत विविध विषयमा छलफल गर्ने योजना रहेको छ।

पुस ६ गते, शर्मा नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। यस अवसरमा, डा. कोइराला, डा. शर्मा र अन्य नेताहरू हृदयराम थानी, गोविन्द पोखरेल, गुरुराज घिमिरे, संजय गौतम लगायतले पनि प्रदेश अधिवेशनलाई सम्बोधन गर्नेछन्। नेताहरूले सुदूरपश्चिमका स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ।































