अत्तरियामा दुग्ध विकास संस्थानका लागि जग्गा खोज्न कार्यदल गठन, को–को छन् समितिमा ?

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) का लागि जग्गा खोज्न कार्यदल गठन गरिएको छ । ठाउँ अभावका कारण अत्तरियामा रहेको डिडिसी धनगढी सार्ने तयारी गरिएपछि आज (मंगलबार) गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा सरोकारवालाहरूको बैठक बसेको थियो ।

CP Hospital Dhangadhi

बैठकले यसै क्षेत्रमा जग्गा खोज्न गोदावरी नगरपालिका-१ का वडाध्यक्ष एवम् नगरप्रवक्ता गोपाल दत्त भट्टको अध्यक्षतामा कार्यदल गठन गरेको छ । कार्यदलमा नन्दलाल भट्ट, भीम बहादुर विक, सेर बहादुर विष्ट, मान बहादुर बलायर, तारा देवी महरा, बाबुराम बलमपाकी, शिवराज जोशी, डिल्ली राज जोशी, लोकराज पाण्डे (आगो), नैन सिंह कार्की, वसन्त रोकाया (ललित), शर्मानन्द भट्ट, राजु देवी विक, पार्वती धामी रहेका छन् ।

बैठकले डिडिसीलाई जग्गा उपलब्ध गराउनको लागि समिति बनाउने र डीडीसी धनगढी सार्ने प्रक्रिया रोक्ने प्रतिबद्धता जनाएको छ ।

nawajiwan

नगरप्रमुख वीरेन्द्र भट्टले आफ्नो स्वामित्वमा जग्गा नभएकाले सामुदायिक वन, जिल्ला वन सँग समन्वय गरेर जग्गा उपलब्ध गराउनको लागि प्रक्रिया अगाडि बढाइने बताए । उनले यसअघि नै जग्गा उपलब्ध गराउनको लागि प्रक्रिया अगाडि बढिसकेकाले डीडीसीलाई यस क्षेत्रमा जग्गा उपलब्ध गराएर बाहिर जानुपर्ने परिस्थिति आउन नदिइने बताए ।

Attariya Hospital

यस्तै नगरप्रवक्ता भट्टले हाल डीडीसी रहेको क्षेत्रमै जग्गा उपलब्ध गराउनको लागि कार्यदलले काम गर्ने बताए। उनले डीडीसी सँगै जोडिएको चाहना महिला सामुदायिक वनको सेरोफेरोमा जग्गा उपलब्ध गराउन समितिले काम गर्ने बताए । डीडीसीलाई जग्गा उपलब्ध गराउनको लागि यसअघि पनि प्रक्रिया अगाडि बढेर फाइल तयार भएकाले सोही फाइललाई फलोअप गरेर अगाडि बढ्ने नगरप्रबक्ता भट्टले बताएका छन् ।

२०६७ सालमा अत्तरियामा स्थापना भएको दुग्ध विकास संस्थानबाट ६ हजार किसान लाभान्वित छन् । ७ कठ्ठा जति जमिन रहेको उक्त संस्थानले अहिले २५ हजार ६ सय ८० रुपैया भाडा तिरिरहेको छ । ठाउँ अभावका कारण अत्तरियाबाट धनगढी उपमहानगरपालिका-१५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमा डिडिसि सार्ने प्रक्रिया अगाडि बढेको अत्तरियाका आयोजना प्रमुख निरञ्जन भट्टराइले बताएका छन् ।

सम्बन्धित समाचार

अत्तरियामा सञ्चालित डिडिसीलाई नसार्न स्थानियको आग्रह