गोदावरी नगरपालिका – १२ ले २७२ जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं १२ ले अत्यधिक चिसोका कारण प्रभावित जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ।

CP Hospital Dhangadhi

nawajiwan

पछिल्लो समय तराईका जिल्लामा चिसोको प्रभाव बढेपछि वडा नं १२ ले जेष्ठ नागरिकहरूको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखेर २०८१/८२ आर्थिक वर्षमा ३ लाख बजेट विनियोजन गरेको थियो। यस अनुसार, वडा नं १२ का अध्यक्ष भिम बहादुर खड्काले २७२ जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेका छन्।

Attariya Hospital

निरन्तर बढ्दो चिसोबाट राहत दिनका लागि वितरण गरिएको कम्बलले जेष्ठ नागरिकहरूमा खुसीको वातावरण सिर्जना गरेको छ।

वडा नं १२ ले वडावासीहरूको आवश्यकतामा ध्यान केन्द्रित गर्दै निरन्तर विकास निर्माणका कामहरूलाई अगाडि बढाइरहेको छ।