महाशिवरात्रिको अवसरमा गोदावरीको कैवल्यनाथ मन्दिरमा अखण्ड रुद्राभिशेक यज्ञ सहित जलाभिशेष कार्यक्रमको आयोजना हुने

Image
Nisarga Hospital

अत्तरिया : महाशिवरात्रीपर्व २०८१ को पावन अवसरमा भोली (बुधबार) फागुन १४ कैवल्यनाथ मन्दिरमा अखण्ड रुद्राभिशेक यज्ञ सहित जलाभिशेष कार्यक्रमको आयोजना हुने भएको छ ।

CP Hospital Dhangadhi

कार्यक्रम १५ गते विहानसम्म जारी रहेन गोदावरी धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । गोदावरी गुरुकुलका आचार्य एवं वटुहरुद्वारा गोदावरीधाम कैलालीको कुम्भमेला क्षेत्रमा अवस्थित भगवान् शिवका १००८ शिवलिङ्ग दर्शन स्थल एवं कैवल्यनाथ मन्दिरमा अखण्ड रुद्राभिशेक यज्ञ सहित जलाभिशेष कार्यक्रमको आयोजना गरिने छ ।

Attariya Hospital

धाममा पाल्नुभई दर्शन ÷अनुष्ठानमा सहभागी हुन श्रद्धालुहरुमा सादर आमन्त्रण आयोजकले गरेको छ ।

nawajiwan