बाजुरेली सेवा समाजद्वारा गोदावरी-३ को मालिकाटोलमा गोलघर उद्घाटन

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका वडा नं. ३ मालाखेती, मालिकाटोलमा बाजुरेली सेवा समाजद्वारा निर्माण गरिएको गोलघरको उद्घाटन भएको छ।

oplus_131074

CP Hospital Dhangadhi

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटी गोलघरको उद्घाटन गरे। उनले बाजुरेली सेवा समाजले सुदूरपश्चिम प्रदेशको प्रसिद्ध भुवा नाच संरक्षणमा योगदान दिँदै आएको बताए। साथै, समाजलाई आवश्यक पर्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

oplus_131072

कार्यक्रममा बाजुरेली सेवा समाज कैलालीका अध्यक्ष बजिर धामीले पिछडिएको ठाउँमा कला र संस्कृति संरक्षण गर्नु समाजको प्रमुख उद्देश्य रहेको बताए। उनले संस्कृति जोगाउन आवश्यक सामग्री भण्डारणका लागि गोलघर निर्माण गरिएको जानकारी दिए।

nawajiwan

oplus_131072

त्यसैगरी, गोदावरी नगरपालिका वडा नं. ३ मा अत्याधुनिक फोहोर व्यवस्थापन प्रणाली सञ्चालन भइरहेका बेला प्रभावित क्षेत्र वडा नं. १ का ६ जना र वडा नं. ३ का ८ जना महिलालाई निःशुल्क ४५ दिने कडाईसम्बन्धी तालिम पनि प्रदान गरिने नगर प्रमुख भट्टले जानकारी दिए।

oplus_131072
Attariya Hospital

कार्यक्रममा बाजुरेली सेवा समाजद्वारा भुवा नाच प्रदर्शन गरिएको थियो। वडा सदस्य तथा समाजका अगुवा नेता उदय सार्कीले बाजुरेली समाजले सामाजिक एकता कायम गर्दै सांस्कृतिक जगेर्नामा विशेष भूमिका खेलिरहेको बताए।

oplus_131074

गोलघर उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तेजराज भट्ट, वडा नं. १ का वडा अध्यक्ष गोपालदत्त भट्ट, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रम सञ्चालन तथा स्वागत मन्तव्य महेश विष्टले गरेका थिए।

oplus_131072
oplus_131074