नेविसंघका उम्मेदवारलाई जिताउन कांग्रेस युवा नेता देउवा मैदानमा, कैलालीका सबै उम्मेदवारबीच छलफल

Image
Nisarga Hospital

नेपाली काँग्रेसका युवा नेता तथा सुदूरपश्चिमका पुर्व भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश देउवा नेविंसंघका उमेदबार जिताउन कैलालीका सबै उम्मेदवार छलफल गरेका छन् । त्रिभुवन बिश्वबिद्यालयका आंगिक क्याम्पसमा भैरहेको स्वतन्त्र बिद्यिार्थी युनियनको निर्वाचनका लागि नेविसंघका उमेदबार संग छलफल गरेका छन् । नेता देउवाको क्याम्पसमा नेविसंघको अबस्था र उमेदबार जिताउन रणनीतिका बारेमा छलफल गरेका हुन् ।

CP Hospital Dhangadhi

कैलाली जिल्लाका विभिन्न क्याम्पसमा २०८१ चैत ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी संघका उम्मेदवार सँग बिद्यार्थीलाई थप उत्साह प्रदान गर्न नेता देउवा क्याम्पस क्याम्पस पुगेका हुन् । अन्तरक्रियाको क्रममा पार्टीमा नेताहरु भातृ र सुबेच्छुक संगठनहरु संग छ्लफल गरेका छन । युवा देशका कर्णधार हुन्, क्याम्पस स्तरबाट पढाई संगै स्वच्छ राजनीतिमा सकृय भएमात्रै देशको मुल राजनीति बलियो हुने नेता देउवाले बताएका छन् । नेताले युवालाई पार्टीको निर्वाचनमा मात्रै प्रयोग नगरेर उनको ग्रसरुटको पोलिटिक्समा पनि पार्टीका नेताले सहयोग र सुझाब दिएर सहयोग गर्ने बेला आएको नेता देउवाले बताएका छन् ।

Attariya Hospital

‘पार्टी निर्बाचनको बेला विद्यार्थी नेता सक्रिय रुपमा लाग्ने गरेको छ’ उनले भने– ‘अहिले बिद्यार्थीलाई अभिभवकको खाचो छ, त्यही जिम्मेबारी पुरा गर्ने विद्यार्थीको साथमा आएको छु ।’ छलफलका क्रममा विद्यार्थी संग नेता देउवाले भने तपाइहरु निर्धक्कका साथ आघाडी बढ्नुहोस तपाईंहरुको साथमा म र सिंगो पार्टी तपाइहरु संग छ । उम्मेदवारहरुले पनि यसरी नेता कार्यकर्ताहरु हौसला दिन आउदा आफुहरु उत्साहीत भएको धारणा ब्यक्त गरेका छन ।

nawajiwan

नेबि संघ जिल्ला अध्यक्ष मनिस कुवरल अहिले विद्यार्थीको नेतालाई पार्टी नेता कार्यकर्ताको साथ आवश्यक रहेको बताएका छन् । उनले भने अहिले आपसी मनमुटाव बिर्सेर चुनावमा होमिन आह्वान गरेका छन । अन्तरक्रिया चौमला बहुमुखी क्याम्पस चौमाला, खप्तड बहुमुखी क्याम्पस मसुरिया, बुलबुले बहुमुखी क्याम्पस पहलमानपुर, राष्ट्रिय कलेज सुखड, लम्की बहुमुखी क्याम्पस लम्की, बिरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस टिकापुर, रघुनाथ बहुमुखी बौनिया लगायतका क्याम्पसमा पुगेर अन्तरक्रिया गरिएको छ ।