काठमाण्डौंको तीनकुने हिंसामा दुईको मृत्यु, ५३ प्रहरी घाइते, दर्जनौ ठाउँमा आगजनी

Image
Nisarga Hospital

तीनकुने क्षेत्रमा शुक्रबार दिनभर तनावग्रस्त माहोल रहँदै हिंसाको घटनामा दुई जनाको मृत्यु भएको छ भने ५३ जना प्रहरी कर्मचारी घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको विवरण अनुसार, प्रदर्शनकारीहरूले निजी र सरकारी गरी १५ वटा सवारी साधनमा आगजनी गरेका छन् भने १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन्। साथै, पूर्व राजाका समर्थकले १० ठाउँमा लुटपाट गरेका छन्।

CP Hospital Dhangadhi

प्रहरी प्रवक्ता अपीलराज बोहराका अनुसार, पूर्व राजाका समर्थकले शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिएर प्रदर्शन गर्दै निषेधित क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरूले निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठान र यातायातका सवारी साधनमाथि तोडफोड गरेका छन्।

घटनामा कीर्तिपुर–४ का सविन महर्जनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारक्रममा निधन भएको छ भने तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेका छन्। घाइतेमा नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ जना र प्रदर्शनकारीतर्फका ३५ जना पर्छन्।

nawajiwan
Attariya Hospital

यसैगरी, ९ वटा सरकारी सवारी साधन र ६ वटा निजी वाहनमा आगजनी भएको छ भने १४ स्थानमा आगलागी, ९ संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको छ।

प्रहरीले घटनाप्रति गम्भीर रूपमा ध्यान दिइरहेको बताएको छ। यसैबीच, आन्दोलन अराजक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो ४ बजेदेखि कर्फ्यू लगाएको छ। कर्फ्यू शनिबार बिहान ७ बजेसम्म रहने छ।