डा. गोविन्द केसीसँग वार्ता सुरु, सहमतिका लागि सरकार सक्रिय

Image
Nisarga Hospital

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमति जुटाउन सरकारद्वारा संवाद प्रक्रिया सुरु गरिएको बताएका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको समन्वयमा वार्तामार्फत समस्या समाधान गर्ने उद्देश्यले सचिव पौडेल शनिबार धनगढी पुगेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

शनिबार उनले सेती प्रादेशिक अस्पताल पुगेर उपचाररत डा. केसीसँग भेटवार्ता गरेका थिए। सो क्रममा डा. केसी तथा उनका सहयोगीसँग अनौपचारिक छलफल गर्दै माग र स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको सचिव पौडेलले बताए। उनका अनुसार आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव धनगढी पुगेपछि औपचारिक वार्ता सुरु हुनेछ।

सचिव पौडेलले सरकारले संवाद र सहमतिमार्फत डा. केसीले उठाएका पाँच बुँदे मागको सम्मानजनक समाधान खोज्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले सबै पक्षबीच सकारात्मक वातावरणमा सहमति जुट्ने विश्वास पनि व्यक्त गरे।

विभिन्न पाँच बुँदे माग राख्दै डा. केसी तीन दिनदेखि धनगढीमा अनसनरत छन्। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शनिबार उनलाई कृष्ण मन्दिर धर्मशालास्थित अनसनस्थलबाट सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि सचिव पौडेलसहितको टोलीले डा. केसीसँग प्रारम्भिक संवाद गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र वार्ताको वातावरण तयार भइरहेको बताएका छन्।