गोदावरी नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा ४५ दिने हाते कडाई तालिम समापन

Image
oplus_2
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ३ मा बृहत फोहोर ब्यावस्थापन प्रणाली संचालन पूर्व संन्ध्यामा गोदावरी नगरपालिकाका प्रभावित क्षेत्रका १५ जना महिलाहरुलाई ४५ दिने हाते कडाई तालिम सम्पन्न भई औपचारिक रुपमा तालिकाको समापन गरी प्रमाणपत्र बितरण गरेको छ ।

CP Hospital Dhangadhi

क्षेत्रीय सहरी विकास आयोजना (RUDP) अन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा प्रभावित समुदायको आर्थिक उपार्जनका लागि हाते कडाई (बुटिक) तालिम समापन भएको छ। क्षेत्रीय सहरी विकास आयोजना (RUDP) धनगढी, कैलाली अन्तर्गत सञ्चालन भएको उक्त तालिम ४५ दिन (१८० घण्टा) अवधिसम्म सञ्चालन भएको थियो ।

nawajiwan

४५ दिने हाते कडाई तालिम समापन कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सहभागीलाई प्रमाणपत्र बितरण पश्चात स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिमहरू महत्वपूर्ण हुने बताए। उनले भने, “फोहर व्यवस्थापन मात्र हाम्रो लक्ष्य होइन, यससँगै प्रभावित समुदायलाई आयआर्जनका अवसरहरू प्रदान गर्नु आवश्यक रहेको बताएका छन ।

यो तालिमले यहाँहरूमा सीप विकास गर्दै आत्मनिर्भरता र स्वरोजगारको मार्गमा एउटा महत्वपूर्ण पाइलाको थालनी गरेको बताएका छन । हामीलाई खुशी छ कि यहाँहरूले यो समयलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै हाते कढाईजस्तो मौलिक र उपयोगी सीप सिक्नुभयो।

यस किसिमका तालिमहरूलाई हामी निरन्तरता दिनेछौं, ताकि हाम्रा स्थानीय महिला दिदीबहिनीहरूले आत्मनिर्भर जीवन यापन गर्न सकुन्। यसले आर्थिक समृद्धिको मात्र होइन, सामाजिक परिवर्तनको पनि ढोका खोल्ने बताएका छन ।

Attariya Hospital

यहाँ सिकिएको सीपलाई व्यवसायमा रुपान्तरण गर्दै स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन नगरपालिकाले आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउन चाहन्छु।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष तेजराज अवस्थिको अध्यक्षता गरेका थिए भने RUDP धनगढी, कैलालीका आयोजना व्यवस्थापक शिखर लामा तामाङ, नगर प्रवक्ता गोपाल दत्त भट्ट, परामर्शदाता इन्जिनियर हरे कृष्ण मण्डल र निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डे अतिथिका रूपमा उपस्थित थिए।

आयोजना व्यवस्थापक तामाङले तालिमका माध्यमबाट स्थानीयलाई रोजगारी सिर्जना गर्न, फोहर व्यवस्थापनलाई व्यवस्थित गर्न र वातावरणीय सुधारमा टेवा पुर्याउन मद्दत गर्ने उल्लेख गरे। गोदावरी नगरपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै स्थानीय समुदायलाई उद्यमशीलतामा जोड्ने योजना बनाएको छ।

oplus_2

कार्यक्रम सञ्चालन केशब राज पन्तले गरेका थिए। उनले तालिमबारे जानकारी दिँदै सहभागीहरूले आधुनिक तथा परम्परागत ढाँचाका कपडाहरूमा डिजाइनसहित बुटिक कार्यको सीप प्राप्त गर्ने, स्वरोजगार बन्ने तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने अवसर पाउने बताए।