हङकङमा जारी चारदेशीय ट्वान्टी-२० सिरिजको फाइनल खेल आज, नेपाल र कुवेत भिड्दै

Image
Nisarga Hospital

हङकङमा जारी चारदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा नेपालले शनिबारको खेल वर्षाले प्रभावित भएपछि सिधै फाइनलको टिकट पक्का गरेको छ।

CP Hospital Dhangadhi

शनिबारको खेलमा टस जितेर ब्याटिङ गरेको हङकङले ९ ओभरमा ३ विकेट गुमाउँदै ६८ रन बनाउँदा मौसमले साथ नदिएपछि खेल रोकिएको थियो। वर्षाका कारण बाँकी खेल सम्भव नभएपछि खेल रद्द गरिएको हो।

हङकङका ओपनर जिसन अलीले २२ बलमा ३० रन (३ चौका, १ छक्का) बनाए भने निजाकत खानले १६ बलमा १३ रन जोडे। यी दुईलाई नेपालका स्पिनर ललित राजवंशीले आउट गरे। अंशुमन रथ १७ रनमा नन्दन यादवको बलमा पेभेलियन फर्किए। खेल रोकिन्दासम्म बाबर हायत र कल्हन चल्लु १-१ रनमा नटआउट थिए।

nawajiwan
Attariya Hospital

नेपालले यसअघि खेलेका दुई खेलमा जित दर्ता गर्दै ५ अंकसहित शीर्ष स्थान हासिल गरिसकेको थियो। प्रतियोगितामा कुवेतले ४ अंक बनाउँदै दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। शनिबारै भएको अर्को खेलमा कुवेतले कतारलाई ६ विकेटले पराजित गर्दै नेपालको फाइनल प्रतिद्वन्द्वी बनेको हो।

कतारले दिएको १२४ रनको लक्ष्य कुवेतले १० ओभरमै १२७ रन बनाएर सहज रुपमा भेट पूरा गरेको थियो।