आईपीएल २०२५ : वैभव सूर्यवंशीको ऐतिहासिक प्रदर्शनमा राजस्थानको शानदार जित

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ४७औं खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। जयपुरको सवाई मानसिंह रंगशालामा सोमबार राति सम्पन्न खेलमा गुजरातले दिएको २१० रनको चुनौतीपूर्ण लक्ष्य राजस्थानले १५.५ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो।

CP Hospital Dhangadhi

राजस्थानका लागि १४ वर्षीय ओपनर वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै मात्र ३५ बलमा शतक पुरा गरे। उनले १७ बलमै अर्धशतक बनाउँदै आईपीएल इतिहासकै सबैभन्दा कान्छा शतक प्रहार गर्ने खेलाडी बनेका छन्। वैभवले १०१ रन बनाएर प्रसिद्ध कृष्णाद्वारा बोल्ड आउट भए। उनी दोस्रो सबैभन्दा छिटो शतक बनाउने खेलाडीसमेत बनेका छन्। साथै, अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीका रूपमा पनि उनको नाम दरिएको छ।

Attariya Hospital

यशस्वी जायसवालले ७० र नितीश राणाले ३५ रनको योगदान दिए। गुजरातका प्रसिद्ध कृष्णा र रासिद खानले एक/एक विकेट लिए।

nawajiwan

यसअघि, टस हारेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो। शुभमन गिलले ८४ तथा जोस बटलरले ५० रनको योगदान दिए। राजस्थानका महिश तीक्षणाले २ विकेट लिए भने सन्दीप शर्मा र जोफ्रा आर्चरले एक/एक विकेट लिए।