१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसहित देशभर मनाइँदै

Image
Nisarga Hospital

आज मे १ तारिख, १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस नेपाललगायत विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदैछ।

CP Hospital Dhangadhi

प्रत्येक वर्ष मे १ तारिखका दिन विश्वभर यो दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकारका लागि प्रतिबद्धता जनाउने दिनका रूपमा मनाइन्छ। यस दिन श्रमिकहरूले आफ्ना हक–अधिकारको सुनिश्चितता सुनिश्चित गराउन सरकार तथा रोजगारदातामाथि दबाब सृजना गर्ने उद्देश्यले ¥याली, सभा, सांस्कृतिक कार्यक्रमलगायत विभिन्न गतिविधिहरू गर्दै आएका छन्।

नेपालमा पनि विभिन्न मजदुर सङ्गठन तथा ट्रेड युनियनहरूले श्रमिक दिवसका अवसरमा जनप्रदर्शन, ¥याली, भेला र छलफल कार्यक्रमहरू आयोजना गर्दै छन्।

nawajiwan

यो दिवस सन् १८८६ को मे १ मा अमेरिकाको सिकागोमा सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मनाइन्छ। “आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम” भन्ने नारासहित सुरु भएको आन्दोलनको क्रममा सिकागोको हेय मार्केट क्षेत्रमा भएको बम विस्फोट र प्रहरीले चलाएको गोलीका कारण सातजना मजदुरले ज्यान गुमाएका थिए। त्यस आन्दोलनले पछि श्रमिक अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।

Attariya Hospital

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्व श्रमिक सङ्गठनहरूको सम्मेलनले मे १ लाई अन्तरराष्ट्रिय श्रमिक दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेको थियो।

नेपालमा मे दिवस मनाउने परम्परा विसं २००३ मा विराटनगरमा भएको श्रमिक आन्दोलन र विसं २००७ को राजनैतिक परिवर्तनपछि सुरु भएको हो। नेपाल ट्रेड युनियन महासङ्घका अनुसार नेपालमा पहिलोपटक मे दिवस विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले आयोजना गरेको थियो।

विसं २०४६ को राजनीतिक परिवर्तनपछि सरकारले मे दिवसमा सार्वजनिक बिदा दिने निर्णय गर्दै यो दिवसलाई औपचारिक मान्यता दिएको हो।