
कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका–८ पारीफाटा स्थायी घर भई हाल काठमाडौंमा शैक्षिक तथा सांगीतिक यात्रा अघि बढाइरहेका गायक उमेश ठगुन्नाले नयाँ दोहोरी गीत “धानको बाला” सार्वजनिक गरेका छन्।

“जिन्दगी के छ र”, “हाईहाई मायालु” जस्ता गीतमार्फत सांगीतिक क्षेत्रमा सफल उपस्थिति जनाइसकेका ठगुन्नाले आज मिति २०८२ साल वैशाख २० गते आफ्नो नयाँ सिर्जना दर्शकमाझ ल्याएका हुन्।
“धानको बाला” शीर्षकको उक्त दोहोरी गीतमा उमेश ठगुन्ना र देवी घर्ति मगरको सुमधुर स्वर रहेको छ। संगीत स्वयं ठगुन्नाले गरेका छन् भने शब्द चर्चित गायक जे.बी. ओलिको रहेको छ। गीतमा प्रकाश दुरा र सुशीला बिकको अभिनय देख्न सकिन्छ।

संगीत संयोजन पदम बी.सी.ले गरेका छन् भने ध्वनि मिश्रण सञ्जय श्रीपालको रहेको छ।

गीत सार्वजनिक गर्दै ठगुन्नाले सबै भगवानरूपी दर्शक–श्रोताहरुलाई गीत हेरी, सुनी, लाइक, कमेन्ट, शेयर तथा युट्युब च्यानल सब्सक्राइब गरी साथ दिन आग्रह गरेका छन्। साथै, आगामी सांगीतिक यात्रा अझ सफल होस् भनेर सल्लाह–सुझाव दिन पनि अनुरोध गरेका छन्।
यस्तो छ गीत: –































