
सुदूरपश्चिमका चर्चित देउडा गायक ध्वज महराको देउडा गीत ‘झलाना लाईहेलु’ म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

माया–प्रेममा आधारित देउडा गीत ‘झलाना लाईहेलु’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। ध्वज महरा र लक्ष्मी नेपालीको स्वर रहेको गीतमा कर्ण बोगटीको शब्द तथा ध्वज महराकै संगीत रहेको छ। कृष्ण बजुरालीले संगीत संयोजन गरेका हुन्।
सुदूरपश्चिमको कैलालीका धार्मिक तथा पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको भिडियो रमेश बिजुली बीसीको निर्देशनमा तयार भएको हो। भिडियोमा भारत बिक्रम शाह, कोपिला कुँवर ‘चौलागाईं’, पद्मा खड्का र डेबिट एचडीको अभिनय रहेको छ।


अमृत उपाध्यायको छायांकन तथा शंकर साउदको सम्पादन रहेको भिडियो महेश्वरी म्युजिकमार्फत सार्वजनिक गरिएको हो।





























