बझाङको तलकोट गाउँपालिकाको घटेवगरमा कृषक दिवश तथा पाठसाला सम्पन्न

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/ बझाङ:प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बझाङको आयोजना र सैनभैरव कालिका कृषक समूह तलकोट गाउँपालिका–१ को सहकार्यमा आयोजित १२ हप्ते कृषक दिवस तथा पाठशाला कार्यक्रम बिहिबार  सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रम तलकोट गाउँपालिका–१ घटेवगरमा २०८१ माघ ५गते सञ्चालन गरिएको थियाे, उक्त कार्यक्रम आज २०८२ /२/१ गते सम्पन भएको छ।जसमा समुहका ४२ जना कृषकहरू सहभागी भएका थिए। कृषकहरूलाई १२ हप्तासम्म आलु खेतीसम्बन्धी तालिम दिइएको थियो भने तालिममा आलु खेती लगाउने विभिन्न विधि जस्तो   ड्याम बनाएर, प्लास्टिकभित्र राखेर, र परम्परागत तरिकाबाट  सिकाइएको थियो।कार्यक्रममा कार्डिनल आलु , खुमल सेतो र बझाङको लोकल जात गरी तीन किसिमका आलु वितरण गरिएको थियो। हरेक हप्तामा कृषक महिला हरुलाई आलुमा लाग्ने रोग, झारपात, सत्रु र मित्र किराका बारेमा जानकारी दिइएको थियो।

nawajiwan


सैनभेरव कालिका कृषक समूहकि सदस्य अनुसार, १० वर्ग मिटर क्षेत्रफलमा ४८ केजी आलु उत्पादन गरिएको थियो। तालिमले कृषकहरूलाई आधुनिक विधिबाट उत्पादन बढाउन सहयोग पुर्‍याएको उहाँले बताउनुभयाे ।

Attariya Hospital

कार्यक्रमको अध्यक्षता सैनभैरब कालिका कृषक समूहकी अध्यक्ष किट्टी देबि रावलले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा वडा नं. १ की नमुना आधारभूत बिधालय कि शिक्षिका अम्बिका मल्ल बम्म रहनु भएको थियाे भने विशिष्ट अतिथिका रूपमा परियोजना कार्यान्वयन इकाई बझाङका प्रमुख चरित्र नारायण यादव रहनु भएको थियाे कार्यक्रम सञ्चालकको भूमिका कर्ण ऐरले निभाउनुभएको थियो।उक्त कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि यादवले भन्नुभयो,“कृषि केवल जीविकोपार्जनको माध्यम होइन, यो आत्मनिर्भरता र समृद्धिको मेरुदण्ड हो।

हामीले आधुनिक कृषि प्रणाली आत्मसात् गरेर, स्थानीय स्रोत र सीप प्रयोगमा ल्याई कृषकहरूलाई आत्मनिर्भर बनाउनुपर्छ। जब किसान सबल हुन्छ, तब राष्ट्र समृद्ध हुन्छ। हामी धेरै बोल्दैनौं, काम गरेर देखाउँछौं” आगामी दिनहरुमापनि यस्ता कार्यक्रम ल्याउछाैं उहाँले भन्नू भयाे ।समापन कार्यक्रममा सहभागी कृषकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक तथा समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। जिल्लामा प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यालय इकाई बझाङ ले आलु खेतिको लागि निक्कै महत्त्व भुमिका खेल्दै आएको देखिन्छ।

जिल्लाका १२वटै स्थानिय तहमा काम गर्दै परियोजना ले विभिन्न कूषक समुह बनाएर सहुलियत मा आलु बितरण गर्ने देखि कूषकहरु लाई तालिम लगाउने बिधि प्राबिधिक सहयोग जस्ता महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो समय बझाङ जिल्ला मा आलुलाई आत्मनिर्भर गर्ने सबैभन्दा ठुलो भुमिका परियोजना कार्यालय इकाई बझाङ ले खेलेको देखिन्छ। यसबाट कूषि पेसामा लाग्ने कूषकहरु लाई निकै राहत मिलेको कूषकहरु बताउछन्।

Advertize US