आजको मौसमः पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा बढ्दो गर्मीले जनजीवन प्रभावित हुने संकेत

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी तथा स्थानीय वायुको प्रभावले देशभर मौसममा मिश्रित अवस्था देखिएको छ। हाल पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहँदा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली बढी देखिएको छ भने गण्डकीका केही क्षेत्रमा वर्षा भइसकेको छ।

CP Hospital Dhangadhi

विभागका अनुसार शुक्रबार यी प्रदेशका उच्च भू–भागमा वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि आंशिक हिमपात हुनसक्ने अनुमान गरिएको छ।

Attariya Hospital

यता तराई तथा भित्री मधेसमा भने मौसम सफा रहँदै तापक्रम क्रमशः बढ्दो छ। मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने संकेत देखिएकाले जनजीवन प्रभावित हुनसक्ने चेतावनी दिइएको छ।

nawajiwan
Advertize US