गोदावरी–९ मा महिलामुखी ३० दिने व्युटी पार्लर तालिम सुरु

Image
Nisarga Hospital

अत्तरिया: “नगरको सरोकार स्थानीय स्तरमै, सीप र रोजगारी मूल नारासहित” भन्ने नाराका साथ गोदावरी नगरपालिका वडा नं. ९ को सहयोगमा महिलाहरूका लागि ३० दिने आधारभूत व्युटी पार्लर तालिम सुरु भएको छ।

CP Hospital Dhangadhi

वडा कार्यालयको सहयोगमा सञ्चालित तालिम व्यवसाय विकास तथा परामर्श केन्द्र प्रा.लि. ले सञ्चालन गरेको हो। संस्थाकी सुनन्दा पाण्डेको नेतृत्वमा तालिम सञ्चालन भइरहेको छ, जहाँ उनले नै सहभागी महिलाहरूलाई प्रशिक्षण दिइरहेकी छन्। तालिममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

Attariya Hospital

तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रामलाल राना रहेका थिए। उनले महिलालाई आत्मनिर्भर बनाउने प्रयासमा यो तालिमले ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रमका अतिथि समाजसेवी तथा वडा सदस्य जय बहादुर बिकले पनि सीपमूलक तालिम दीर्घकालीन रूपमा प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए। साथै, सिकेका सीपहरू व्यवहारिक जीवनमा प्रयोग गर्नुपर्नेमा उनले सहभागीहरूलाई आग्रह गरे।

nawajiwan

तालिमका क्रममा महिलाहरूले कपाल काट्ने, फेसियल गर्ने, मेकअप गर्ने, हात–खुट्टा सफा गर्ने लगायतका सौन्दर्यसम्बन्धी आधारभूत सीपहरूको व्यावहारिक अभ्यास गरेका छन्। सहभागीहरूले तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरेको अनुभव साझा गर्दै वडा कार्यालयप्रति आभार व्यक्त गरेका छन्।
यो तालिम महिलाको आर्थिक सशक्तीकरण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण पहलको रूपमा लिइएको छ।