साहित्यकार तथा सर्जक प्रकाश पैंतोलाको नयाँ देउडा गीत ‘सुर्मा उग्रतारा’ सार्वजनिक

Image
Nisarga Hospital

बैतडी/ पारस भट्ट: सुदूरपश्चिमको मौलिक कला, संस्कृति र पर्यटकीय सम्पदालाई उजागर गर्ने उद्देश्यले तयार गरिएको देउडा गीत ‘सुर्मा उग्रतारा’ सार्वजनिक गरिएको छ।

CP Hospital Dhangadhi

गीतमा साहित्यकार तथा सर्जक प्रकाश पैंतोलाको शब्द, गायक गोविन्द पन्त ‘समर्थन’ को लय तथा सञ्चारकर्मी भुबी बिष्ट र पन्त कै स्वर समावेश गरिएको छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा रहेका प्रमुख धार्मिक र सांस्कृतिक स्थलहरूको प्रचारप्रसारमा यस गीतले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

गीतमा कलाकार अनु खड्का र भोजराज जोशी ‘क्वालिटी’ को अभिनय रहेको छ भने निर्देशन रमेश बिजुली बिसीले गरेका छन्। भिडियोमा सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता जीवन्त रूपमा प्रस्तुत गरिएको छ।

nawajiwan
Attariya Hospital

‘सुर्मा उग्रतारा गित युट्युबमार्फत सार्वजनिक भएको केही समयमै दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। यस गीतले सुदूरपश्चिमको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै पर्यटन प्रवर्द्धनमा पनि उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।