पश्चिमी प्रभावमा देश : देशभरका केही स्थानमा वर्षा, चट्याङ र हिमपातको त्रिपक्षीय जोखिम, सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

देशको मौसम प्रणाली फेरि सक्रिय बनेको छ। पश्चिम तथा मध्य नेपालमा पश्चिमी र स्थानीय वायुले प्रभाव जमाउँदै गएको छ भने कोशी प्रदेशमा मनसुनी वायुले व्यापक प्रभाव पारिरहेको छ।

CP Hospital Dhangadhi

यस मौसमी संरचनाका कारण देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने तराईका अधिकांश भूभागमा आंशिक बदली मात्र कायम छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

nawajiwan
Attariya Hospital

उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा भने वर्षासँगै हिमपातको सम्भावना पनि प्रबल छ, जसले यातायात, जनजीवन र कृषिमा असर पुर्याउन सक्ने देखिन्छ।

दिउँसो हुने सम्भावित वर्षा र चट्याङले जनस्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातलाई अवरुद्ध पार्न सक्ने खतरा भएकाले महाशाखाले नागरिकलाई सावधानी अपनाउन विशेष अनुरोध गरेको छ।