हिलवर्ल्ड बोर्डिङ स्कुलको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न, धनगढीमा ३.९६ जीपीए ल्याउने स्नेहा ठगुन्नालाई डेस्कटप पुरस्कार

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको हिलवर्ल्ड ईङ्गलिस बोर्डिङ स्कुलले एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई, सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।

CP Hospital Dhangadhi

विद्यालयबाट एसईई दिएको २१ जना विद्यार्थीमध्ये स्नेहा ठगुन्नाले ३.९६ जीपीए ल्याएर प्रथम स्थान प्राप्त गरिन्। उनले नर्सरीदेखि कक्षा १० सम्म यही विद्यालयमा अध्ययन गरेकी हुन्। संगिता चन्दले ३.६७ जीपीएसहित दोस्रो र सोनिया उपाध्यायले ३.६४ जीपीएसहित तेस्रो स्थान हासिल गरिन्। बाँकी विद्यार्थीहरूले ए र बी ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेका छन्।

nawajiwan
Attariya Hospital

प्रधानाध्यापक डिआर शर्माका अनुसार सफल नतिजामा शिक्षक, विद्यार्थी र अभिभावक सबैको योगदान छ। विद्यालयले प्रथम स्थान प्राप्त गरेकी स्नेहालाई डेस्कटप कम्प्युटर, खादा र कदरपत्रमार्फत सम्मान गर्‍यो। दोस्रो र तेस्रो हुनेलाई साइकलसहित सम्मान प्रदान गरिएको थियो। अन्य विद्यार्थीहरूलाई पनि खादा र कदरपत्र दिइयो।

कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर वमले हिलवर्ल्डले कैलालीको शिक्षामा विशिष्ट योगदान पुर्‍याएको बताए। शिक्षक खडक विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक उदयप्रताप सिंह र विद्यार्थी संगिता चन्दले पनि मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।