साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको शानदार सुरुआत, भुटानमाथि ६–१ को शानदार जित

Image
Nisarga Hospital

नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको सुरुआत भुटानमाथि ६–१ को शानदार जितसहित गरेको छ। शुक्रबार ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालका लागि पूर्णिमा राईले चार र सेनु परियारले दुई गोल गरिन्।

CP Hospital Dhangadhi

खेलको नवौं मिनेटमै सेनुले वर्षा ओलीको पासमा गोल गर्दै खाता खोलेकी थिइन्। त्यसपछि पूर्णिमाले दुई गोल गर्दै नेपाललाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन्। दोस्रो हाफमा भुटानले एक गोल गरे पनि पूर्णिमाले ह्याट्रिकसहित चार गोल पूरा गर्दै नेपालको जित सुनिश्चित गरिन्।

Attariya Hospital

नेपालले केही अवसर चुकाउँदा स्कोर अझै फराकिलो बन्न सकेन। यस जितसँगै नेपालले ३ अंक जोडेको छ। आजकै खेलमा बंगलादेशले श्रीलंकालाई ९–१ ले हराउँदै तालिकामा अग्रता लिएको छ। अब नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ।

nawajiwan