आज साउने सङ्क्रान्ति : स्नान, दान र परम्परागत रमाइलोमा रमाउँदै नेपालीहरू

Image
Nisarga Hospital

आज सौरमासअनुसार साउन १ गते, देशभर साउने (कर्कट) सङ्क्रान्ति पर्व स्नान, दान, पूजा र पारिवारिक जमघटका साथ उल्लासपूर्वक मनाइँदैछ।

CP Hospital Dhangadhi

सौरपथअनुसार सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिको रूपमा मनाउने परम्परा छ। यही दिनदेखि सूर्य दक्षिणायनमा प्रवेश गर्ने भएकाले धार्मिक दृष्टिले पनि विशेष मानिन्छ। यसरी माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष पर्वको रूपमा मनाउने परम्परा छ।

असार महिनाभर रोपाइँमा व्यस्त रहने कृषकहरू साउन १ गते एक प्रकारको विश्रामको दिनका रूपमा आफन्तसँग भेटघाट र रमाइलो गर्छन्। धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार, हिलो र चर्पीको सम्पर्कबाट लाग्ने छालाका रोगहरूलाई हटाउन “लुतो फाल्ने” परम्परा रहिआएको हो। यस दिन कागभलायो, लुतेझार, पानीअमला, कागतीजस्ता वनस्पतिहरू प्रयोग गरेर ‘कण्डारक’ राक्षसको प्रतीकात्मक पूजा गरी अगुल्टो हानेर लुतो फाल्ने चलन छ।

nawajiwan
Attariya Hospital

यस अवसरमा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टी बजाउने र ढोका बन्द गर्ने संस्कारहरू पनि विभिन्न ठाउँमा फरक-फरक ढंगले मनाइन्छ। साथै, साउन महिनाभर भगवान् शिवको विशेष पूजा गरिन्छ। महिलाहरू हरियो चुरा, पहेँलो तथा रातो रङको पहिरनमा सजिएर प्रकृति र धर्मसँग जोडिने चलनमा सहभागी हुन्छन्।

विभिन्न धार्मिक, सांस्कृतिक र सामाजिक आयाम बोकेको साउने सङ्क्रान्ति आज देशभर उल्लासपूर्वक मनाइँदैछ।